५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरान उपमहानगरपालिकामा मेयर साम्पाङले बोलाए २६ एजेन्डासहितको कार्यपालिका



अ+ अ-

धरान। धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले बुधबार दिउँसो २ बजे कार्यपालिका बैठक बोलाएका छन्। बैठकमा कुल २६ वटा एजेन्डामा छलफल हुने बताइएको छ।

नगरपालिकाले मंगलबार जारी गरेको सूचनाअनुसार, बैठकमा खोला च्यानेलिङ गर्दा व्यहोरेको ढुवानी भाडा भुक्तानी, नीति तथा कार्यक्रम, बजेट सिफारिस, पालिका गानको अनुमोदन, बसपार्क व्यवस्थापन र कर्मचारी तहबृद्धि जस्ता विषयहरू एजेन्डामा समावेश छन्।

यस्तै, नगरसभाको १७औँ अधिवेशन आह्वान, योजना अनुमोदन, बालमैत्री वडा घोषणा, धरान स्वास्थ्य चौकीलाई नगर अस्पतालको रूपमा सञ्चालन गर्ने निर्णय, धरान संगीत प्रतिष्ठानमार्फत सांस्कृतिक कार्यक्रम, बाटो दर्ता तथा नामाकरण, दररेट अनुमोदन र कक्षा ११ र १२ मा नयाँ विषय थप्ने प्रस्ताव पनि छलफलका लागि तय भएका छन्।

त्यसैगरी, प्रशासनिक खर्च, मेयर–उपमेयर भिजन र कोष, वडा तथा विषयगत समितिबाट आएको बजेट पास गर्ने, प्रोत्साहन रकम, कानुन व्यवसायीलाई अनुमति, कर्मचारी संगठन संरचना, ठेक्का व्यवस्थापन र खानेपानी मुहानको थप उपयोग जस्ता विषय पनि बैठकको कार्यसूचीमा रहेका छन्।




भर्खरै