१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन तहको सरकारको समन्वयबाट समृद्धि : स्वास्थ्यमन्त्री पौडेल



अ+ अ-

तनहुँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले तीन तहको सरकारको समन्वयबाट समृद्धि सम्भव रहेको बताउनुभएको छ । तनहुँको भिमाद नगरपालिकामा आज आयोजित स्वागत एवं भेटघाट कार्यक्रममा उहाँले सङ्घीय, प्रदेश र स्थानीय तहबाट समन्वय र सहकार्य आवश्यक रहेकामा जोड दिनुभयो ।

मुलुकको समृद्धिका लागि सहमति र सहकार्य आवश्यक रहेको बताउँदै मन्त्री पौडेलले स्थानीय तह नजिकको सरकार भएकाले जनताले सहज र सरल तरिकाबाट सेवा प्राप्ति गर्नुपर्ने बताउनुभयो । स्थानीय तहलाई बलियो बनाउँदै सङ्घीयता सुदृढ गर्नु अहिलेको प्रमुख जिम्मेवारी रहेको मन्त्री पौडेलको भनाइ थियो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आलेले जनताको भावनाअनुसार तिनै तहको सरकारले काम गर्नुपर्नेमा जोड दिनुभयो । त्यस क्रममा नगरप्रमुख दधिराज सुवेदीले नगरपालिकाले गर्दै आएका कामका बारेमा मन्त्री पौडेललाई जानकारी गराउनुभयो ।

मन्त्री पौडेलले आजै शुक्लागण्डकी नगरपालिका–८ ले आयोजना गरेको तीज गीत प्रतियोगिताको उद्घाटन गर्नुभयो । त्यस्तै, भिमाद एफएमले आयोजना गरेको तीज गीत प्रतियोगिता र घिरिङ गाउँपालिका–१ बैडीमा पुष्पाञ्जली समाज सुधार मञ्चले आयोजना गरेको वडास्तरीय पुरुष भलिबल प्रतियोगिता र तीज गीत प्रतियोगिताको मन्त्री पौडेलले उद्घाटन गर्नुभएको थियो ।  रासस