१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिनाथमा घुइँचो, दर्शन गर्न डेढ घण्टा लाइन (फोटो फिचर)



अ+ अ-

काठमाडौं । देशभर तीजको रमझम छ । शिवमन्दिरहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो छ । काठमाडौंको पशुपतिनाथ मन्दिर दर्शन गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको छ । दर्शनार्थीहरुका लागि मूल मन्दिरका चार ढोका आज बिहान ३ बजेदेखि खुला गरिएको छ ।

दर्शनार्थीहरु बिहानैदेखि लामबद्ध भएर पशुपति मन्दिरमा पूजा गरी नाचगान गरिरहेका छन् । पशुपति क्षेत्र विकास कोषले डेढ घण्टाभित्र दर्शन गरेर फर्किसक्नेगरी व्यवस्था मिलाएको छ ।

पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने चार वटा लाइन र भित्र छिरिसकेपछि आठवटा लाइनको व्यवस्था गरी दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

पशुपतिनाथको मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा समेत जाली राखी बाहिरबाटै दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको छ ।

सुरक्षालाई मध्यनजर गरी बहुमूल्य गरगहना लगाएर र बालबालिकालाई साथमा लिएर पशुपतिनाथ दर्शनमा नआउन पशुपति क्षेत्र विकास कोषले भक्तजनमा अनुरोध गरेको छ ।

यसैबीच दर्शनार्थीको सुरक्षाका लागि सशस्त्र प्रहरीका ७ सय जनशक्ति परिचालन गरिएको छ ।