२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारमुक्त बागमती प्रदेश बनाउने अभियानमा सरकार लागेको छः मुख्यमन्त्री बानियाँ



अ+ अ-

बागमती। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भ्रष्टाचारमुक्त बागमती प्रदेश बनाउने अभियानमा प्रदेश सरकार लागेको बताउनुभएको छ ।

निर्माण व्यवसायी सङ्घ मकवानपुरले आज हेटौँडामा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उहाँले सुशासनयुक्त र भ्रष्टाचारमुक्त बागमती प्रदेश बनाउने अभियानमा सहयोग गर्न सबैसँग आग्रह गर्नुभयो ।

लागत अनुमानअनुसार काम नगर्ने कर्मचारी र व्यवसायी दुवै कारवाहीको दायरामा आउने बताँदै मुख्यमन्त्री बानियाँले कामको गुणस्तरमा कुनै सम्झौता नगर्न व्यवसायीलाई आग्रह गर्नुभयो ।

‘‘ठेक्कामा हिजो आठ वटा रड हाल्नुपर्नेमा छ वटा मात्र हाल्ने प्रवृति थियो, अब त्यो दिन अन्त्य भएको छ”, मुख्यमन्त्री बानियाँले भन्नुभयो,“अब इस्टिमेटअनुसार काम भएको छ वा छैन्, त्यो सबै प्रविधिले पत्ता लगाई हाल्छ । बदमासी गर्ने कर्मचारी र व्यवसायी दुवैमाथि कारवाही हुन्छ ।”

उपभोक्ता समितिमार्फत हुने काममा विकृति बढेको बताउँदै मुख्यमन्त्री बानियाँले अब प्रदेश सरकारको रु १० लाखभन्दा माथिका सबै योजना बोलपत्र प्रक्रियाबाट अघि बढ्ने बताउनुभयो । उहाँले निर्माण व्यवसायीले अत्यधिक घटाघटमा ठेक्का हाल्ने बाध्यता रोक्नका लागि सार्वजनिक खरिद ऐन संशोधन गर्नुपर्ने बताउनुभयो ।रासस