२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा नेपालका अध्यक्ष थापासँग इजरायलका राजदूतको भेटवार्ता



अ+ अ-

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापासँग नेपालका लागि इजरायलको राजदूत शामुलिक अरि बासले आज भेटवार्ता गर्नुभएको छ ।

पूर्वउपप्रधानमन्त्री तथा पराराष्ट्रमन्त्रीसमेत रहनुभएका थापाले भेटका क्रममा वर्तमान अवस्थामा बदलिँदो भूराजनीतिक आयाम र यसले थपेका जटिलताहरुले क्षेत्रीय शान्ति मूलतः मध्यपूर्वमा समेत असर पारेको बुझ्न सकिने चर्चा गर्नुभयो ।

इजरायलले नेपाली श्रमिकहरुलाई रोजगारीको अवसर उपलब्ध गराएको, विद्यार्थीहरुलाई तालिम र कृषिलगायतका अन्य क्षेत्रमा पु¥याएको सहयोगका लागि अध्यक्ष थापाले धन्यवाद व्यक्त गर्नुभयो । हमासले बन्धक बनाएका बिपिन जोशीको रिहाइका लागि आवश्यक पहल गर्न उहाँले सम्बद्ध इजरायली पक्षसँग अनुरोध गर्नुभयो ।

भेटका क्रममा राजदूत बासले हमासले इजरायलमाथि गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थीहरुको ज्यान गएको विषय र एक जना बिपिन जोशीलाई बन्धक बनाएको विषयमा दुःख व्यक्त गर्नुभयो । बिपीनकी आमा र बहिनीलाई इजरायल लगेर बन्धक छुटाउन अन्तरराष्ट्रिय दबाब दिन प्रयास गरिएको उहाँले जानकारी दिनुभयो ।

नेपाल र इजरायलबीचको कूटनीतिक सम्बन्धको चर्चा गर्दै उहाँले आपसी हितका कृषि, प्राविधिक, शैक्षिक, श्रमलगायत विविध क्षेत्रका पक्षमा इजरायलले थप सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको पार्टीका अन्तरराष्ट्रिय सम्बन्ध विभागका सदस्य–सचिव राजाराम बर्तौलाले जानकारी दिनुभयो ।




भर्खरै