२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिबाट तनहुँको चुँदी रम्घामा भानु साहित्य उद्यान निर्माण शुभारम्भ गरिने



अ+ अ-

काठमाडौँ। आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी रम्घामा भानु साहित्य उद्यान निर्माण हुने भएको छ । आदिकवि भानुभक्त आचार्यको स्मृति दिवसका अवसरमा आगामी असोज ६ गते उद्यान निर्माणअन्र्तगत प्रथम चरणमा बनाउन लागिएको भानु भवनको शिलान्यास गरिने जनाइएको छ ।

आज राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा सहरी विकास मन्त्रालय र उद्यान समितिका पदाधिकारीबीचको छलफलपछि भानु स्मृति दिवसका अवसरमा उद्यान निर्माणको शुभारम्भ गर्ने तय भएको भानु साहित्य उद्यान समितिका महासचिव डा ब्रतराज आचार्यले जानकारी दिनुभयो । राष्ट्रपति पौडेलले उद्यानको निर्माण शुभारम्भ गर्ने गरी कार्यक्रम तय गरिने उहाँले बताउनुभयो ।

राष्ट्रपति पौडेलको परिकल्पना र पहलमा चुँदी रम्घालाई नेपाली भाषा, साहित्य र संस्कृतिको तीर्थस्थलका रूपमा विकास गर्ने लक्ष्यसहित भानु साहित्य उद्यान गुरुयोजना निर्माण हुँदैछ ।

उद्यानमा सातै प्रदेशका प्रसिद्ध धाम झल्कने संरचना र विभिन्न भाषाभाषीका मूर्धन्य साहित्यकारको शालिक राख्ने योजना छ । सरकारले उद्यान निर्माणका लागि चालु आर्थिक वर्षमा रु २० करोड विनियोजन गरेको छ । रासस