एजेन्सी । भारतका चर्चित गायक सोनु निगम र उनको परिवारसहितलाई कोरोना संक्रमण भएको छ ।
निगमले आफू र आफ्नो परिवारलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन् ।
उनले कोरोना संक्रमण भएपछि आफू आइसोलेशनमा रहेको र आफ्नो स्वास्थ्यस्थिति राम्रो रहेको बताएका छन् ।
कन्सर्टका लागि दुबई गएका निगमले स्वास्थ्यमा समस्या आएपछि कोरोना परीक्षण गराएका थिए ।
रिपोर्ट पोजिटिभ आएपछि उनले परिवारको समेत कोरोना परीक्षण गराएका थिए । परिवारको समेत पोजिटिभ आएको थियो ।