२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

यँयाः (इन्द्रजात्रा)को लागि यःसिं लिन मानन्धर समुदायका अगुवाहरु वन प्रस्थान



अ+ अ-

काठमाडौं- यस वर्षको यँयाः अर्थात इन्द्रजात्राको लागि ‘यःसिं’ लिन मानन्धर समुदायका अगुवाहरु वन प्रस्थान गरेका छन । प्रत्येक वर्ष झैं यस वर्ष आज यंलाथ्व दुतिया (भदौ ९ गते) सोमबारको दिन केन्द्रीय मानन्धर संघका पदाधिकारीसहित मानन्धर समुदायका विभिन्न टोलका मानन्धर प्रतिनिधि, गुठी संस्थान, शार्दूल जंग गुल्म (गुरुजुको पल्टन) सहितको टोली वन प्रस्थान गरेका हुन् ।

पञ्चाङ्ग निर्णायक विकास समितीद्वारा दिइएको साइतअनुसार आज विहान ठीक ९: ४६ को साइतमा हनुमानढोकाको मूल ढोकाबाट बाहिरिएर वन प्रस्थान गरेका हुन् । आज वन प्रस्थानका लागि संघको अगुवाईमा गएका प्रतिनिधिहरुले आजै राति यस वर्षको यँया (इन्द्रजात्रा)को लागि यःसिं काट्ने अर्थात वृक्ष कर्तन गरिने छ ।

यस वर्षको यँया (इन्द्रजात्रा)को लागि समिति दिएको साइतअनुसार आज राती ९:०३ को साइतमा वृक्ष कर्तन (रुख कटान) गरिनेछ । यसभन्दा अघि यःसिंको लागि छानिएको सल्लाको रुखमा विधि परम्पराअनुसार कालो बोकोसहित पुजा गरिनेछ ।

त्यसपछि सुनको बञ्चरो, चाँदीको बञ्चरोले सांकेतिक रुपमा घाउ गरेपछि रुख काट्न शुरु गरिनेछ । आज राति साइत मात्र गरेपछि भोलि विहानै देखि यःसिंको लागि छनोट गरिएको रुख काट्न शुरु गरिन्छ भने भोली नै उक्त यःसिं भक्तपुरको चित्तपोलदेखि तानेर ल्याइन्छ ।

सकेसम्म भोली बेलुका नसके पर्सिसम्म यःसिं तानेर काठमाडौंको भोताहितिमा राखिनेछ । यसरी भोताहितिमा राखिएको यःसिं यंलाथ्व अस्तमि (कायाःस्तमि)को दिन विहान ९:५२ को साइतमा तानेर नगर प्रवेश गराइन्छ । भोताहितिबाट तानेर नगर प्रवेश गराइएको यःसिं हनुमानढोका कालभैरव र कागेश्वर महादेवका मन्दिर अगाडी राखिनेछ ।

त्यसपछि यंलाथ्व द्वादशि (भदौ १९ गते) विहीवार विहान १०:३१ को शुभ साइतका यःसिं उठाइने इन्द्रध्वजोत्थान गरिने) छ । यःसिं उठाएपछि काठमाडौंको मुख्य तथा ऐतिहासिक, धार्मिक यँया (इन्द्रजात्रा) औपचारिक रुपमा शुरु भएको मानिन्छ ।