२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापति सिग्देल ‘चिफ अफ डिफेन्स’ सम्मेलनमा सहभागी हुन थाइल्यान्ड जादैं



अ+ अ-

काठमाण्डौं । प्रधानसेनापति अशोकराज सिग्देल थाइल्यान्डमा आयोजना हुने इन्डो–प्यासिफिक चिफ अफ डिफेन्स सम्मेलनमा सहभागी हुन जाने हुनु भएको छ ।

नेपाली सेनाअनुसार सिग्देल आगामी भदौ ९ गते सोमबार थाइल्यान्ड प्रस्थान गर्न लाग्नु भएको हो । सम्मेलन भदौ १०–१२ गतेसम्म ९२६–२८ अगस्ट० थाइल्यान्डको हुआ हिनमा अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमाण्डररोयल थाई आर्मड फोर्सको सहकार्यमा आयोजना हुँदैछ ।

विक्रम संवत् २०५६ सालदेखि वार्षिक रूपमा हुँदै आएको सम्मेलनमा नेपाली सेनाले निरन्तर सहभागिता जनाउँदै आएको छ । यसपटक पनि सम्मेलनमा सहभागी राष्ट्रका सेना प्रमुखबीच अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, रणनीतिक सोच लगायतका समसामयिक विषयमा छलफल र अन्तरक्रिया हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाको सहभागिताले आन्तरिक सुरक्षा क्षमतामा वृद्धि गर्नुका साथै सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिलाई समेत सकारात्मक योगदान पुग्ने विश्वास लिएको छ ।

थाइल्यान्ड प्रस्थान गर्नुअघि शनिबार प्रधान सेनापति सिग्देललाई जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

प्रधान सेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी निर्मल कुमार थापाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नुहुने छ