काठमाडाैंः काेराेनाभाइरसकाे महामारीसँग जुधिरहेकाे नेपालका लागि चीन सरकारले उपलब्ध गराएका स्वास्थ्य सामग्रीकाे पहिलाे खेप नेपाल आइपुगेकाे छ ।
निजी क्षेत्रकाे हिमालय एयरलाइन्सबाट उक्त सामग्री आज काठमाडाैं आइपुगेकाे काठमाडाैंस्थित चिनियाँ राजदूतावासले जनाएकाे छ ।
चीनले प्रदान गरेका स्वास्थ्य सामग्रीहरूमा काेराेना परीक्षण किट, ए९५ मास्क, सर्जिकल मास्क, डिस्पाेजेबल मास्क र मेडिकल गगल्स रहेका छन् ।