४ असार २०८३, बिहीबार
,
Latest
राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा, १२ लाख ९८ हजार प्रतिष्ठान सहभागी तनहुँमा १९ शङ्कास्पद व्यक्ति नियन्त्रणमा सञ्चारमन्त्री डा तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट पोखरा बसपार्क क्षेत्रका संरचनामाथि महानगरको डोजर (फोटो फिचर) ऊर्जा मन्त्रालयलाई १ खर्ब १४ अर्ब बजेट, १० वर्षमा ३० हजार मेगावाट उत्पादन लक्ष्य नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छः मन्त्री पुन विपक्षी सांसदको गुनासो : संसद्मा उठाएका विषयको सुनुवाइ भएन मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ मनसुन विपद्का लागि सरकारको उच्च सतर्कता, हेलिकप्टरसहित सबै स्रोत परिचालन हुने आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलि आइतबारदेखि काठमाडौंमा सवारी चलाउन नयाँ नियम



अ+ अ-

काठमाडौंः देशव्यापी लकडाउन गरिएको डेढ महिना पूरा भएसँगै सरकारले राजधानी काठमाडौंमा भोलि आइतबारदेखि लकडाउनमा केही खुकुलो गर्न लागेको छ । निश्चित समय तालिकाका आधारमा काठमाडौं उपत्यकामा सवारी साधनहरु संचालन गर्न दिने तयारी गरिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।  

लकडाउनका कारण आम जनताकाे दैनिक जीवन कष्टप्रद हुँदै गएकाे सन्दर्भमा उपत्यकाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायबीच भएको बैठकले गरेको प्रस्तावलाई गृह मन्त्रालयले स्वीकृति दिएपछि समय तालिकाका आधारमा सवारीसाधन सञ्चालन गर्न लागिएको हो ।  

निर्माण सामग्री बोकेका ठूला ट्रकहरु, अस्पताल, वित्तीय संस्था, बैंक, सरकारी कार्यालयमा काम गर्ने कर्मचारीलाई समय तालिकाअनुसार सवारी संचालन गर्न दिने निर्णय भएको ट्राफिक प्रहरीको भनाई छ ।

सवारी सञ्चालन गर्न पाइने समय तालिकाः

–निर्माण सामग्री बोकेका ठूला टिपर र ट्रकरु बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म मात्र उपत्यका छिर्न पाउने।

–निजामती कर्मचारी, बैंक तथा वित्तीय सेवाका कर्मचारी बिहान ९ बजेदेखि साढे ९ बजेभित्र कार्यालय पुगिसक्ने, बैंकका कर्मचारीहरु साढे ३ देखि ५ बजेसम्म घर फर्किसक्नुपर्ने, अन्य कर्मचारीको हकमा ५ देखि ६ बजेसम्म फर्किसक्नु पर्नेछ ।
–सामान्यतयाः अत्यावश्यक सामग्री बोकेका गाडीहरु जस्तै, तरकारी, खाद्य सामग्री, फलफूललगायत बोकेका सवारीसाधन बिहान १० बजेभित्र मात्र सञ्चालन हुन पाउने छन् ।

–४४ प्रकारका उत्पादन तथा सेवा सञ्चालनसँग सरोकार राख्नेका सबै सवारी साधन सञ्चालन गर्न भने नपाउने ।

–माथि उल्लेखित सवारी साधन सञ्चालनका लागि आफ्नो कार्यालयबाट जारी गरिएको पत्र बोक्नुपर्ने व्यवस्था गरिएको छ ।

तर राति चल्ने निर्माण सामग्री बोकेका सवारीसाधनका लागि भने परिचयपत्र र पत्र बोक्न आवश्यक नपर्ने ट्राफिक महाशाखा प्रमुख ढकालले जानकारी दिए । अत्यावश्यक कामबाहेक पास नबोकेर सडकमा गुड्ने सवारी साधनलाई कारवाही गर्ने ।