१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित

नेपाली भूमि अतिक्रमणप्रति नेकपाको आपत्ति, ओली–प्रचण्डद्वारा संयुक्त वतव्य आउँदै

नेपाली भूमि अतिक्रमणप्रति नेकपाको आपत्ति, ओली–प्रचण्डद्वारा संयुक्त वतव्य आउँदै
अ अ+ अ-

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेपाली भूमि अतिक्रमणविरुद्ध तत्काल कदम चाल्न सरकारसँग माग गरेको छ । नेकपाले सरकारले तत्काल कूटनीतिक पहल गरेर अतिक्रमित भूमि फिर्ता ल्याउन भनेको छ । भारतले नेपाली भूमि अतिक्रमण गरी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडक निर्माण गरेर उद्घाटन गरेकोप्रति आपत्ति जनाउँदै नेकपाले महाकाली नदी पूर्वक्षेत्र नेपाली भू–भाग रहेको सुगौली सन्धिमै प्रस्ट रहेको बताएको छ । पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनालले नेपालको भूमि अतिक्रमण गरेर सडक सञ्चालन गरेको भारतले तत्काल निर्णय सच्याउनुपर्ने बताए । उनले भने– ‘हाम्रो एक इन्च पनि भू–भाग मिच्न दिँदैनौं, हामीलाई भारतको पनि एक इन्च भू–भाग चाहिँदैन ।’ सरकारले उच्चस्तरमा कूटनीतिक पहल गरेर तत्काल उक्त भू–भाग फिर्ता ल्याउन काम अगाडि बढाउनुपर्नेमा नेता खनालले जोड दिए।

नेकपाका शीर्ष नेताहरूले भारतको हेपाह प्रवृत्ति सहेर बस्न नहुनेमा जोड दिँदै छिटोभन्दा छिटो देशको भू–भाग फिर्ता ल्याउन सरकारले वार्ता र छलफल अघि बढाउन माग गरेका छन् । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली भूमिमा भारतले सडक बनाएको विषयमा सरकारले तत्काल कदम चाल्नुपर्ने बताए । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका प्रवक्ता श्रेष्ठले भारतले अनधिकृतरूपमा कब्जा गरेको र आफैंले समेत विवादित भनी स्वीकार गरेको पश्चिम सीमा क्षेत्रमा सडक बनाएकामा आपत्ति व्यक्त गर। ‘नेपाली भू–भाग अतिक्रमण गरिएकोमा घोर आपत्ति प्रकट गर्दै भत्र्सना गर्दछु’, उनले भने– ‘हामी सबै कोरोनाविरुद्ध लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणविरुद्ध सरकारले तत्काल कदम चालेर हाम्रो भू–भाग फिर्ता ल्याउनुपर्छ ।’

नेपाल सरकारले नेपाली भूमिमा सडक निर्माण गरिएका बारे स्पष्ट विवरण दिन दूतावासमार्फत आग्रह गरिएको स्पष्ट पारेको छ । यसअघि भारत सरकारले नेपालको दार्चुला जिल्लामा पर्ने लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा विभिन्न सैनिक असैनिक गतिविधि गरीआएको छ । भारतले सो क्षेत्रलाई आफ्नो क्षेत्रमा गाभी नक्सा सार्वजनिक गरेपछि सरकारले केहीअघि आपत्ति जनाएको थियो । भारतले गत कात्तिक १६ मा जारी गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा पनि नेपालमा विरोध भएको थियो ।

लिपुलेकबारे ओली–प्रचण्ड छलफल
नेपालको भू–भाग अतिक्रमण गरेर भारतले लिपुलेकमा सडक उद्घाटन गरेको विषयलाई लिएर प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको छ । शनिबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा अध्यक्षद्वयबीच भएको छलफलमा भातरले लिपुलेकमा नेपालको भू–भाग अतिक्रमण गरेर सडक निर्माण गर्नु आपत्तिजनक भएको विषयमा छलफल भएको हो ।

त्यसै गरी दुई अध्यक्षबीच पार्टी नेताहरूको मागअनुसार स्थायी समिति बैठक, सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । स्रोतका अनुसार अध्यक्षद्वयबीच लिपुलेकका बारेमा पार्टीको तर्फबाट संयुक्त वक्तव्य दिने विषयमा सहमित जुटेको छ । नेपाल समाचारपत्र दैनिक