५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायती प्रधानमन्त्रीले ल्याए लकडाउन खोल्ने यस्तो योजना…



अ+ अ-

लण्डन । बेलायतमा पछिल्लो डेढ महिनादेखि जारी लकडाउनलाई चरणवद्ध रुपमा खुकुलो पार्दै लैजाने योजना सरकारले सार्वजनिक गरेको छ।  आइतबार साँझ एक विशेष सम्बोधनमार्फत प्रधानमन्त्री बोरिस जोन्सनले शर्तसहित लकडाउन खोल्ने योजना घोषणा गरेका हुन्।  पहिलो चरणमा यही सातादेखि एकै घरका मानिसहरु पार्कमा बस्न पाउने, व्यायाममा समयको कुनै सीमा नलगाइने, सामाजिक दूरी पालन गर्दै गल्फ, टेनिस लगायतका खेलहरु सञ्चालन गर्न पाइने लगायतका छुटहरु रहनेछन्।  त्यस्तै, सरकारले घरबाटै काम गर्न असमर्थहरुलाई यसै सातादेखि आवश्यक सतर्कतासहित काममा जान प्रोत्साहित गरेको छ। तर उनीहरुलाई सार्वजनिक यातायात भन्दा आफ्नै सवारीको प्रयोग वा पैदलयात्रा गर्न आग्रहगरिएको छ। 

प्रधानमन्त्री जोन्सनले दोस्रो चरणमा जुन महिनाको पहिलो सातादेखि प्राइमरी स्कुल र पसलहरु खुलाउने योजना अघि सारेका छन्। त्यस्तै, तेस्रो चरणमा जुलाई महिनादेखि हस्पिटालिटी क्षेत्रका केही व्यवसाय र  अन्य सार्वजनिक स्थानहरु पनि खोल्ने योजना छ। लकडाउन खुकुलो पार्ने यी सबै योजनाहरु सशर्त रहेको भन्दै प्रधानमन्त्रीले जोखिम बढ्दै गएतत्काल सबै परिवर्तन खारेज गरिने बताएका छन्।  बेलायत सरकारले अहिलेसम्म घरमै बस्न आव्हान गर्दै आएकोमा स्टे होमको अपीललाई अब स्टे अलर्टका रुपमा परिवर्तन गरेको छ।  प्रधानमन्त्रीले देशमा कायम जोखिमको तह देखाउने एक अलर्ट सिस्टम पनि घोषणा गरेका छन्। जसले क्षेत्रगतरुपमा तत्कालीन अवस्थामा रहेको जोखिमलाई विभिन्न पाँचतहमा देखाउने छ। यसअघि बेलायतले आतंकवाद सम्बन्धी जोखिमका लागि पनि यस्तै प्रणाली प्रयोग गरेको थियो। 

प्रधानमन्त्री जोन्सनले निकट भविष्यमा हवाई मार्गबाट बेलायत प्रवेश गर्ने सबैलाई अनिवार्य क्वारेन्टाइनको नियम लागू गर्ने योजना समेत जानकारी गराएका छन्। प्रधानमन्त्री जोन्सनले घोषणा गरेका लकडाउन सम्बन्धी लचकता तत्कालको लागि इंग्ल्याण्डमा मात्र लागू हुने जनाइएको छ। स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डले भने अहिलेको लागि कुनै पनि लचकता जोखिमपुर्ण रहेको बताउँदै आएका छन्। अहिलेसम्म बेलायत कोरोना संक्रमणबाट मृत्युको हुनेमा अमेरिकापछि दोस्रो र युरोपमा पहिलो राष्ट्र बन्न पुगेको छ।  आइतबारसम्म बेलायतमा ३१ हजार ८ सय ५५ जनाले ज्यान गुमाइसकेका छन् भने संक्रमितको संख्या करिब २ लाख २० हजार पुगेको छ। 

कोरोना संक्रमणबाट सबैभन्दा धेरै नेपालीहरुले ज्यान गुमाएको पनि बेलायतमै हो। लण्डनस्थित नेपाली दूतावासले कोरोनाबाट बेलायतमा ४६ जना नेपालीको मृत्यु भइसकेको पुष्टि गरेको छ। तर एनआरएनए यूकेसहितका अन्य संघ, संस्थाले जम्मा गरेको तथ्यांकले कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ५० भन्दामाथि रहेको देखाएको छ। अन्नपुर्णपोष्ट दैनिक