५ श्रावण २०८३, मंगलवार
,
Latest
मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बास्केटबलः काठमाडौं जेभियरको जित



अ+ अ-

काठमाडौं जेभियर्स पब्लिक स्कुलले दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार जित हात पारेको छ ।

गोकर्णेश्वर नगरपालिका ५, नयाँबस्तीस्थित आयोजक टाइमलाइन स्कुलको कोर्टमा काठमाडौं जेभियर्सले वेब्सलाई ६०–३१ ले सहजै पराजित ग¥यो । विजेताका सुवर्ण भुजेलले २२ अंक जोडे ।

सिनियर ब्वाइजमै नेमोनिक मोर्डन एकेडेमीले विट्स एकेडेमीलाई २५–१३, एम्बासडरले इस्टपोललाई ४०–१३ र सर्वनम शिक्षालयले बाल संसारलाई ४३–१८ ले हराए । नेमोनिकका करण राईले १०, एम्बसडरका विसन खड्काले २४ र सर्वनम शिक्षालयका निग्मा शेर्पाले १४ स्कोर गरे ।

सिनियर गल्र्समा बागमती बोर्डिङ स्कुलले भेनस पब्लिकलाई १३–८, योङ हार्ट्स एकेडेमीले विट्स एकेडेमीलाई १३–६, बाल संसारले इस्टपोललाई १०–२ र लर्डस् लाइट एकेडेमीले सीसीएसलाई १६–१४ ले पाखा लगाए । बागमतीकी स्मृति पोखरेलले ४, योङ हार्ट्सकी प्राश्ना केसीले ६, बाल संसारकी विपसना गिरीले ४ र लर्डस् लाइटकी डोमी शेर्पाले ६ अंक बटुले ।

मास्टर्स टेबलटेनिसमा नेपाललाई २ पदक

नेपाली भेट्रान खेलाडीले प्रथम ठोडो मास्टर्स टेबलटेनिस प्रतियोगितामा २ पदक जितेका छन् । माल्दिभ्समा जारी प्रतियोगितामा नेपालले समान १–१ रजत र कांस्य जितेको माल्दिभ्समा रहेका टेबलटेनिसका पूर्व मुख्य प्रशिक्षक राजेन्द्र कपालीले जनाएका छन् ।

पुरुष सिंगल्स ४० वर्षमाथि नेपालका सुरज वज्राचार्यले रजत जिते । सुरज फाइनलमा रुसका जियोर्गी भाख्निन्संग ३–० को सोझो सेटमा पराजित भए । ६० वर्षमाथि पुरुष सिंगल्समा सुरेन्द्रप्रसाद ढकालले कांस्य हात पारे । सेमिफाइनलमा भारतका नाज्मी किन्खाब्वालाले सुरेन्द्रलाई ३–१ ले हराए ।

नेपालबाट प्रतियोगितामा ६ खेलाडी सहभागी छन् । पूर्व मुख्य प्रशिक्षक कपालीका अनुसार प्रतियोगितामा १७ राष्ट्रका ३ सय ३० खेलाडी सहभागी छन् ।