१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो त न तपाईँको हातमा थियो, न हाम्रो हातमा थियो कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्याण्ड्सकी डानिक आर्डेमा मधेश युनाइटेडमा अनुबन्ध



अ+ अ-

वत्सालय एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो संस्करणका लागि मधेश युनाइटेडले नेदरल्याण्ड्सकी डानिक आर्डेमालाई अनुबन्ध गरेको छ ।

मधेशले आर्डेमालाई दोस्रो विदेशी खेलाडीको रुपमा घोषणा गरेको हो । यसअघि मधेश युनाईटेडले नेदरल्याण्ड्सकी आउट साईड हिटर रोमी भिनस्ट्राको नाम घोषणा गरिसकेको छ । १७५ से.मी. अग्लो कदकी आर्डेमा एउटा अनुभवी सेटर हुन् जसले नेदरल्याण्ड्सको शीर्ष स्तरीय क्लबहरूमा खेल्दै उल्लेखनीय प्रदर्शन गरिरहेकी छिन्।

आर्डेमाले आफ्नो करियरमा नेदरल्याण्ड्स, स्पेन र जर्मनीका विविध क्लबहरूमा खेलेर अनुभव समेटेकी छन्। पछिल्लो समय उनी नेदरल्याण्ड्सकै शीर्ष डिभिजनअन्तर्गतको क्लब सुडोसा–डेस्टोका लागि खेल्दै उत्कृष्ट प्रदर्शन गरिरहेकी छिन्। सन् २०२४ मा उनले नेदरल्याण्ड्स युवा राष्ट्रिय च्याम्पियनसिप जित्न सफल पनि भइन्।

उनलाई मधेश युनाईटेड टिममा अनुबन्ध गर्न पाउँदा मधेश युनाईटेड टिम धेरै खुशी रहेको र आर्डेमाले टोलिको लागि शक्तिशाली आक्रमण गरेर विपक्षिलाई हम्यहम्य पार्न सक्ने र टोलीमा उनी मुख्य सेटरको रूपमा निर्धार्य भएर टोलीको रणनीति र गति दुवै नियन्त्रण गरेर खेल जिताउन सक्नेमा मा टोलि विश्वसत छ।

एभरेष्ट महिला भलिबल लिगको हिस्सा हुन पाउँदा र विशेषगरी मधेश युनाईटेडमा सामेल हुन पाउँदा आर्डेमाले आफु निकै हर्षित भएको बताएकी छन्। मधेश युनाईटेडलाई एभरेष्ट महिला भलिबल लिगको उपाधि जिताउन अर्थपूर्ण योगदान पुर्याउने उनको लक्ष्य रहेको छ । नेपालमा खेलेर भलिबल खेल संस्कृतिलाई अझ विस्तार गर्ने उन्को इक्ष्या पनि रहेको छ।

मधेश युनाइटेडको मार्की खेलाडी निरुता ठगुन्ना रहेकी छिन भने टिमको ब्रान्ड एम्बेसडरमा मोडल तथा अभिनेत्री नीति शाह रहेकी छिन्।

ईन्फिनिटी ड्रिम्सको आयोजनामा वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म (सेप्टेम्बर ५–१३) पोखरामा हुनेछ ।

मधेश युनाइटेड टिमः
खेलाडी : निरुता ठगुन्ना (मार्की), आरती सुबेदी, कोपिला राणा , सरस्वती कटेल , उषा बिस्ट, बबिता बोहोरा, बसन्ती साउद , स्नेहा ठगुन्ना
प्रशिक्षकः कोपिला उप्रेती
ब्रान्ड एम्बेसडर : नीति शाह