१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरविद्यालय बास्केटबल प्रतियोगिता: भ्याली भ्युलाई सफलता



अ+ अ-

काठमाडौं । भ्याली भ्युले तेश्रो न्यु जेनिथ कपअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार सफलता हात पारेको छ ।
भुरुङखेलस्थित आयोजक न्यु जेनिथको कोर्टमा भ्याली भ्युले ब्राइट भिजनलाई ४९–४७ ले पराजित गर्यो । भ्याली भ्युका गणेश विष्टले सान्दार प्रदर्शन गर्दै ३३ अंक जोडे ।
सोही स्पर्धामा आनन्दकुटीले एभीएमलाई ३०–२९, पुष्पसदनले रेडियन्ट पब्लिकलाई ३६–३४ र पिपुल्स एकेडेमीले कश्यपलाई ३६–२८ ले हराए । आनन्दकुटीका स्वर्णम तामाङले ७, पुष्पसदनका सम्राट लामाले १३ र पिपुल्सका बचनले १२ स्कोर गरे ।
सिनियर गल्र्समा रिब्सले रेडियन्ट पब्लिकलाई २१–१० तथा स्वर्णिमले पुष्पसदनलाई २८–१२ ले पाखा लगाए । रिब्सकी सुप्रिया मल्लले १० तथा स्वर्णिमकी हिसी ल्हामुले ८ स्कोर गरे ।
न्यु जेनिथ कपअन्तर्गत ब्वाइज फुटसलको यु–१६ मा रिब्स, निसर्ग वाटिका, निर्मल ज्योति, मनास्लु, ग्यालेक्सी पब्लिक स्कुल, हार्टल्यान्ड एकेडेमी, ग्रिन भिलेज र ब्रम्हकुञ्जले क्वाटरफाइनल यात्रा तय गरे । ब्वाइज फुटसलकै यु–११ र यु–१३ मा पनि क्वाटरफाइनल समीकरण पूरा भएको छ ।