२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले राष्ट्रिय आयोजना र लोकतन्त्र दुवैलाई पछाडि धकेलिरहेको छः सांसद पौडेल



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले सरकारले राष्ट्रिय आयोजना र लोकतन्त्र दुवैलाई पछाडि धकेलिरहेको भन्दै आलोचना गर्नुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद पौडेलले सरकारको आलोचना गर्नुभएको हो । उहाँले सरकारले मुलुकमा सुशासन कायम गर्नुको सट्टा विपक्षी दलहरूमाथि अपमानजनक व्यवहार गरिरहेको आरोप लगाउनु भयो । लोकतन्त्रमा जहाँ सरकार त्यहाँ भरोसा हुनुपर्नेमा जनतामा निराशा बढ्दै गएको उहाँको टिप्पणी छ  ।

उहाँले राष्ट्रिय गौरवका आयोजनाहरु दुई दशकसम्म पनि नहुँदा पनि प्रधानमन्त्रीले ससंदको रोष्ट्रमबाट देश स्वर्गै भएको जस्तो घोषणा गरेको भन्दै आपत्ति समेत जनाउनु भयो । उहाँले भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरुले संसद बहिस्कार गर्ने गरेपनि सरकारले संवादमार्फत समस्याको समाधान गर्न कुनै पहल नगरेको तर्क आरोप समेत लगाउनु भयो । उहाँले वर्तमान सरकारको धुन र संगीत केही नमिलेको भन्दै कटाक्ष गर्नुभयो

उहाँले भन्नुभयो, ‘लोकतन्त्रमा जहाँ सरकार त्यहाँ भरोसा हुनुपथ्र्यो । अवसर वा संयोगले अहिले काँग्रेस र एमालेलाई सरकार चलाउने जिम्मेवारी दिएको छ । राष्ट्रिय गौरवका आयोजनाहरु दुई दशकसम्म पनि पूरा हुँदैनन् । तर प्रभानमन्त्रीले सम्मानित सदनको रोष्ट्रमबाट देश स्वर्गै भएको जस्तो घोषणा गर्नुहुन्छ । गगनजी तपाईले भनेको कुरा सही हो । कुन योजना कहिलेबाट सुरु गरेको भन्ने कुरा हामीसँग पनि रेकर्ड छ । सबैले आफ्नो पालामा राम्रा काम पनि गरेका छौं । आफूले गर्न नसकेका कामको सबैले जिम्मा पनि लिनुपर्छ । तर सरकारले देशलाई अर्कैतिर लग्न खोजेको प्रतित भएको कुरा पनि म यहाँ राख्न चाहन्छु । विपक्षीहरुमाथितिर र वाण चलाउने, अपमानका शब्दहरु बौछार गरेर लोकतन्त्र फल्न, फस्टाउन र अगाडि बढ्न सक्दैन सभामुख महोदय । विपक्षीलाई सम्मान गर्न पनि सक्नुपर्छ । विपक्षीका दलहरु सदनलाई बहिस्कार गरेर निस्किनुभएको छ । खोई वार्ता भएको ? सरकार चलाउने दलले समस्या सुल्झाउनको लागि पहल गरेको खोई ? न सरकारको संगीत मिलेको छ, न धुन मिलेको छ ।’

मुलुकमा सुशासन कायम हुने तथा जनतामा आशा जगाउने कार्यहरु गर्न सरकारलाई आग्रह गर्नुभयो ।