४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

नेपाली सेना र नेपाल सरकार …

नेपाली सेना र नेपाल सरकार …
अ+ अ-

"भारतीय स्थल सेनाको मानार्थ जनरल पद" स्विकार नगर | यसले नेपाली सेनालाई घाटा मात्रै भएको छ | (कम्तिमा वर्तमान परिस्थितिमा सेना त अघि सर्न सक्थ्यो | ) भारतले नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवरसम्म जान बनाएको सडकको कारण नेपालको सार्मभौवसत्ता,रास्ट्रियता र स्वाभिमानमा गम्भीर आँच आएको छ | यस्तो गम्भिर विषयमा नेपाल सरकारले भारतसंग कुटनीतिक वार्ता शुरु त गरेको छ तर भारतको मिचाहा प्रवृति र नेपाललाई हेर्ने उसको दृष्टिकोणका कारण खासै उपलब्धि हुने कुरामा भने आमनेपाली विश्वस्त छैनन् |

यस्तो अवस्थामा नेपाली सेनालाई पटक्कै फाइदा नहुने तर नेपाली सेनाको प्रधान सेनापतिलाई भारत सरकारले विगतदेखि दिँदै आएको "भारतीय स्थल सेनाको मानार्थ जनरल पद" अबदेखि कुनैपनि प्रधान सेनापतिले नलिने र सोको खातिर भारतीय सेना प्रमुखलाई नेपालको संविधानमा कतै उल्लेख नभएतापनि दिँदै आएको 'नेपाली सेनाको मानार्थ सेना प्रमुख' को पदवी पनि नेपाल सरकारले तत्काल खारेज गरोस् |

साथै नेपाली सेनाको पहलमा नेपाल सरकारले सन् १९४७ देखि भारतीय गोर्खा सेनामा विश्वभर प्रसिद्धि कमाएको वीर,साहसी र बहादुर नेपाली युवाहरु पठाउन बन्द गर्ने घोषणा गर्ने हो भने पटक पटक नेपाल र नेपालीलाई हेप्दै आएको भारत लाइनमा आउने कुरामा दुईमत छैन |

(यो मेरो नितान्त व्यक्तिगत विचार हो | )