२१ भाद्र २०८३, आईतवार
,
Latest
नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन ‘भट्टारमा पहिरोका कारण उत्पन्न जोखिम कम गर्न आवश्यक पहल गरिने’ नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्द्रसँग हाम्रो द्वन्द छ : मुख्यमन्त्री पोखरेल (भिडियो सहित)



अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानले दिएको अधिकार बाँडफाँडको विषयमा केन्द्र सरकार र प्रदेश सरकारबिच विवाद देखिएको बताउनुभएको छ । 

बुधबार गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान र मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकी प्रदेशले आयोजना गरेको ‘गण्डकी प्रदेशमा कार्यान्वयनमा रहेका कानूनहरुको जानकारी सम्बन्धी गोष्ठी’ मा बोल्दै मुख्यमन्त्री पोखरेलले केन्द्र सरकार र प्रदेश सरकारले प्रयोग गर्ने अधिकारको सम्बनधमा विवाद देखिएको बताउनुभएको हो । 

संविधानले दिएको केन्द्र र प्रदेश सरकारको साझा र एकल अधिकारको सम्बन्धमा विवाद देखिने गरेकाले केन्द्र र प्रदेश सरकारले पाउनुपर्ने अधिकारहरुको सम्बन्धमा परिमार्जन गरेर अगाडी बढ्नुपर्ने उहाँले बताउनुभयो । उहाँले प्रदेश सरकारले कानूनहरु बनाएको भएपनि व्यवहारमा कार्यान्वयन गर्न नसकेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘केन्द्रसँग हाम्रो द्वन्द पनि छ । किनभने अधिकार हामीलाई चाहियो नि । संविधानले जो सूचिहरु निर्धारण गरेको छ । ति सूचिमा पनि साझा, एकल अधिकारका विषयमा पनि हाम्रो विवाद देखिएको अवस्था छ । तर यसलाई कुन रुपमा लिनुपर्छ भने वास्तवमा संघीयतालाई नै हामीले संघीयतामै प्रश्न आउने, आवाजहरु जुन आएका छन् त्यो भन्दा पनि हामीले यसलाई परिमार्जन गरेर, केन्द्र, प्रदेश, स्थानीय तहले पनि महशुस गर्नुपर्छ । र अगाडी बढ्नुको अर्को विकल्प छैन । यो वास्तविकतालाई स्वीकारेर हामीले अगाडी बढ्नुपर्छ जस्तो मलाई लाग्दछ । हामीले पनि कानून त बनायौँ । ५० वटा कानून बन्यो तर कार्यान्वयनको पाटो हेर्दा त्यो व्यवहारमा कसैले पनि कार्यान्वयन गर्न सकेको अवस्था छैन । त्यो समिक्षाको पाटो हो ।’

मुख्यमन्त्री पोखरेलले संघीयताको मुख्य उपलब्धी नै प्रदेश सरकार भएकाले प्रदेश सरकारलाई सक्षम बनाउनुपर्ने बताउनुभयो । केन्द्र सरकारले केन्द्रमा धेरै र प्रदेश तथा स्थानीय सरकारमा कम बजेट छुट्याउने गरिएको उल्लेख गर्दै उहाँले वित्तिय संघीयतालाई कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो – ‘संघीयतालाई हेर्ने, बुझ्ने पहिलो प्रदेश सरकारबाट हो । यसलाई हामीले सक्षम बनाएर लैजान सकियो भने, जे जति साधन, स्रोत छ । हामीले विनियोजन गर्ने सानो रकमबाट जसरी जनताको बिचमा जाने हामी कोसि गरिरहेका छौँ । ७० प्रतिशत बजेट केन्द्रमा, ३० प्रतिशत बजेट प्रदेश र स्थानीय तहमा बाड्ने जुन परिपाटी छ । वित्तिय संघीयतालाई सहि मानेमा कार्यान्वयनमा ल्याउन सकेनौँ भने हाम्रो लक्ष्य पुरा हुँदैन । यसतर्फ विगतमा केन्द्र अनुदार भएकै हो । अहिले पनि केही परिवर्तन भएको छैन ।’

उहाँले केन्द्र सरकार प्रदेश सरकार र स्थानिय तहप्रति अनुदार भएको टिप्पणी गर्नुभयो । मुख्यमन्त्री पोखरेलले प्रहरी र कर्मचारी केन्द्र सरकारको मातहतमा रहँदा प्रदेशमा काम गर्न कठिन भएको पनि बताउनुभयो ।