२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षा समितिमा आउँदा मलाई विधेयक रोक्न आयो भनेर आरोप लगाइयोः श्याम घिमिरे



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आउँदा विधेयक रोक्नकै लागि आयो भनेर प्रचार गरिएको गुनासो गर्नुभएको छ ।

बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो गुनासो गर्नुभएको हो । बुधवार विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धी समितिको प्रतिवेदन माथि छलफल भएको हो । सोही क्रममा बोल्दै प्रमुख सचेतक घिमिरेले समितिकै सांसदहरुले आफूलाई समितिमा आउँदा कसैको चाहनामा स्वार्थकेन्द्रित भएर समिति आयो भन्दै अभिव्यक्ति दिनुभएको बताउनु भयो । विधेयक रोक्ने कुनियतका रुपमा अपव्याख्या गर्ने काम भएको उहाँको भनाइ छ । त्यसमा आफ्नो कुनै आपत्ति नरहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मलाई त यतिसम्म आरोप लगाइयो की, यो विधेयकै रोक्न आएको हो । कसैको निजी इन्ट्रेस्टमा विधेयक रोक्न आयो भन्नेसम्मको आरोप यो समितिमा खपेको मान्छे हुँ म । समितिको सदस्यले समितिमा अभिव्यक्त गरेका धारणालाई विधेयक रोक्ने कुनियतको ढंगले साथीहरुले परिभाषित गर्नुभयो । त्यसमा पनि मेरो केही आपत्ति छैन । म उहाँहरुको धारणालाई सम्मान नै गर्दछु ।’

प्रमुख सचेतक घिमिरेले निजी विद्यालयका कारण सार्वजनिक विद्यालय बिग्रिए भन्ने कोणबाट धारणा बनाइएको बताउनु भयो । आफू बिग्रिनुको कारण अर्को सप्रिनु नभएको बताउनु भयो । आफ्नो कामजोरी औंल्याएर अघि बढ्न जरुरी रहेको बताउनु भयो ।