२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिपुलेकमा नेपालको दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको भारतको जिकिर



अ+ अ-

काठमाडौं । भारतले त्रिदेशीय नाका लिपुलेकमाथि नेपालले गरेको दाबीलाई अस्वीकार गरेको छ । उसले नेपालको दाबीमा ऐतिहासिक तथ्इ तथा प्रमाणमा आधारित नभएको जिकिर गरेको छ ।

लिपुलेक हुँदै भारत–चीनबीच सीमा व्यापार पुन: सुरु गर्ने विषयमा नेपालले बुधबार आफ्नो धारणा सार्वजनिक गरेपछि जवाफमा भारतले धारणा सार्वजनिक गरेको हो ।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले जारी गरेको विज्ञप्तिमा लिपुलेक व्यापार मार्गबारे भारतको अडान स्पष्ट र दीर्घकालीन रहेको उल्लेख छ ।

उनले भने, ‘लिपुलेक हुँदै भारत–चीनबीचको व्यापार १९५४ मै सुरु भएको हो। दशकौँदेखि निरन्तर चलिरहेको छ । पछिल्ला वर्षमा कोभिड र अन्य कारणले यो व्यापार प्रभावित भए पनि अहिले पुन: सुरु गर्ने दुवै पक्षबीच सहमति भएको छ ।’

लिपुलेकमा नेपालको भौगोलिक दाबीलाई पनि उनले अस्वीकार गरिदिएका छन् । ‘यस किसिमका दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैनन् । एकतर्फी रूपमा कृत्रिम रूपमा भूभाग बढाएर दाबी गर्नु स्वीकार्य हुँदैन’, उनले भनेका छन् ।

बुधबार मात्रै परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालको संविधानमा समावेश आधिकारिक नक्साअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू–भाग रहेको अडान दोहोर्‍याएको थियो ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौड्याल क्षेत्रीले भनेका थिए, ‘नेपाल सरकारले बारम्बार भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माण, विस्तार वा सीमा व्यापार जस्ता गतिविधि नगर्न आग्रह गर्दै आएको छ । यसबारे मित्रराष्ट्र चीनलाई पनि नेपालले जानकारी गराइसकेको छ ।’

तर उता भारतले भने लिपुलेकमा नेपाली दाबी अस्वीकार गर्दै बाँकी रहेका सीमा विषयहरू संवाद र कूटनीतिक माध्यममार्फत समाधान गर्न तयार रहेको जनाएको छ ।

भारत र चीनले नेपाली भू–भाग लिपुलेक भएर पुन: व्यापार नाका सञ्चालन गर्ने समझदारी चिनियाँ विदेशमन्त्री वाङ यी दिल्ली भ्रमणमा रहेका बेला दुई दिनअघि गरेका हुन् ।

दुई देशले लिपुलेकसहित अन्य दुई नाका हुँदै व्यापार पुनस् सञ्चालन गर्ने सहमति जुटाएका थिए । यसले नेपालसँगको सम्बन्धमा फेरि समस्या आउने अवस्था उत्पन्न भएको छ ।