![](https://newspolar.com/wp-content/uploads/2022/03/shekhar_koirala_vela_T6mRJkugst.jpg)
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आज पनि आफू पक्षीय नेताहरूको बैठक बोलाएका छन् ।
पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न र १४ औं महाधिवेशनको समीक्षा गर्न भन्दै कोइरालाले बोलाएको बैठक सिंहदरबार नजिकको बसेरा होटलमा जारी छ ।
कोइराला पक्षीय नेताहरुको बैठक मंगलबार पनि बसेको थियो ।
मंगलबार बसेको बैठकले पार्टी सभापति शेरबहादुर देउवा एकलौटी रुपमा अगाडि बढेको र आफूहरुलाई शक्तिका रुपमा स्वीकार नगरेको निष्कर्ष निकालेको थियो ।
जारी बैठकमा कोइरालाले तिनै तहको निर्वाचनमा कांग्रेसले विजयी प्राप्त गर्ने र एक्लैले चुनाव लड्ने बताएका छन् । भेलालाई सम्बोधन गर्दै उनले भने, ‘कांग्रेस हुनुको गर्व अुनभूति गराउने प्रयासमा हामी लागि नै रहने छौं । तीनै तहको निर्वाचनको परिणाम कांग्रेसको पक्षमा ल्याएर र देशको मुहार कांग्रेसले मात्रै फेर्न सक्छ भन्ने अभियानमा हामी कटिवद्ध छौं ।,’