काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।
ललितपुरको नख्खु कारागारमा पुगेर प्रचण्डले रविसँग भेटवार्ता गरेका हुन् ।
भेटमा प्रचण्डले रविसँग कारागारको बसाइबारे जानकारी लिएका थिए । रविले भैरहवा कारागारको भन्दा नख्खुमा धेरै राम्रो सेवा सुविधा पाएको जानकारी गराएका थिए ।
‘भैरहवा कारागारको भन्दा यहाँ धेरै राम्रो सेवा सुविधा छ भनेर उहाँले भन्नुभयो,’ रविको भनाइ उद्धृत गर्दै प्रचण्डले भने ।
यस्तै, लामिछानेले दाहालसँग भैरहवा कारागारमा आफूलाई धेरै ठूलो पीडा भएको गुनासो गरेका थिए ।
‘उहाँको भैरहवा बस्दाको स्थिति धेरै जटिल थियो । भैरहवामा उहाँको भाषामा भन्ने हो भने झन्डै झन्डै गोलघरजस्तै गरि राखियो भन्ने थियो,’ रविलाई भेटेर निस्किएपछि प्रचण्डले भने ।










