२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजनाको काम लक्षित समयावधिमा सम्पन्न गर्न रक्षामन्त्री राईको निर्देशन



अ+ अ-

रक्षामन्त्री मानवीर राईले काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजनाको काम लक्षित समयावधिमा सक्न सम्बन्धित सबैलाई निर्देशन दिनुभएको छ ।

रक्षा  मन्त्रालयको आर्थिक गत आर्थिक वर्षको प्रगति समिक्षा तथा मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री राईले उक्त आयोजनालाई समयमै सम्पन्न गर्न सम्बन्धित सबैलाई निर्देशन दिनुभएको हो ।

उहाँले आर्थिक वर्ष २०८१/८२ मा दु्रतमार्गको प्रगति अघिल्लो वर्षको लक्ष्यको तुलनामा ६७ प्रतिशतले वृद्धि भएको उल्लख गर्नुभयो । उहाँकाअनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा आयोजनाको समष्टिगत प्रगति ४२.१३ प्रतिशत रहेको छ । काठमाडौं–तराई–मधेश दु्रतमार्ग निर्माणका लागि २०८३ साल चैत्र मसान्तसम्मको समयावधी तोकिएको छ । मन्त्री राईले रक्षा मन्त्रालयमार्फत नेपाली सेनाले गरिरहेका निर्माण कार्यको प्रगति सन्तोषजनक रहेको समेत दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आर्थिक वर्ष २०८१/८२ मा काठमाडौं–तराई–मधेस दु्रतमार्ग आयोजनाको प्रगति अघिल्लो वर्षको लक्ष्यको तुलनामा ६७ प्रतिशत हाँसिल भई गत असारसम्मको समष्टिगत प्रगति ४२.१३ प्रतिशत हासिल भएको देखिन्छ । यसबाट दु्रतमार्गको निर्माण कार्यलाई  लक्षित समय अवधिमा अर्थात २०८३ चैत्र मसान्तसम्ममा सम्पन्न गर्न चालु आर्थिक वर्षमा थप मेहेनत गर्नुपर्ने छ । यसप्रति सम्बन्धीत आयोजना प्रमुख, कार्यक्रम सञ्चालक, सञ्चालन गर्ने  निकायका प्रमुखहरु तथा अन्य समन्वयकारी निकायहरुको गम्भीर ध्यानाकर्षण गर्न  चाहान्छु । यस मन्त्रालयअन्तर्गत नेपाली सेनामार्फत निर्माण भइरहेको विभिन्न सडक, करिडोरको प्रगति राम्रो देखिएको छ । यसमा खट्ने सबैलाई धन्यावाद व्यक्त गर्दछु ।’

उहाँले कतिपय निर्माण आयोजनाहरुमा विनियोजित बजेटको सिमितताले नेपाली सेनालाई आयोजना सम्पन्न गर्न लामो समय लाग्ने देखिएको बताउनु भयो । सेनाद्वारा सञ्चालित अन्य विकास निर्माणका कार्यहरुमा लक्ष्यअनुसार प्रगति देखिएको समेत उहाँले बताउनु भयो । विपद्पछिको प्रतिकार्य, राहत र उद्धारमा खेलेको भुमिका प्रशंसनीय रहेको समेत बताउनु भयो ।