२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपेन्द्र यादवको प्रश्नः दरबार हत्याकाण्ड कसले गरायो ?



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले दरबार हत्याकाण्ड कसले गरायो ? भन्दै प्रश्न गर्नुभएको छ । नेपालका कतिपय घटनाहरु रहस्यमय तरिकाले भएको उहाँको भनाइ छ । दरबार हत्या काण्ड, दासढुुङगा काण्ड कसले गरायो ? भन्ने प्रश्न अझै अनुत्तरित रहेको उहाँको भनाइ छ ।

देशको राष्ट्रप्रमुख, दरबारको सुरक्षामाभित्र दरबार हत्या काण्ड कसरी भयो ? जनताले जान्न चाहेको उहाँले बताउनु भयो । नेपालमा मुलुकमा कसैले सोच्दै नसोचेको र चिताउँदै नचिताएका घटनाहरु हुने गरेको उहाँले बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष यादवले अनुमानको आधारमा कसैले कसैमाथि आरोप लगाउन नहुने बताउनु भयो । १८ वर्षअघिको बहुचर्चित गौर नरसंहारमा आफ्नो कुनै संलग्नता नरहेको उहाँको भनाई छ ।  उहाँले सो घटनाको अनुसन्धान भइसकेको पनि दाबी गर्नुभयो । एउटा होईन, चार÷चार वटा संस्थाले अनुसन्धान गरेको उहाँले बताउनु भयो । राष्ट्रसंघीय संस्थाहरुले समेत आएर अनुसन्धान गरेर प्रतिवेदन दिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘कतिपय कुराहरु नेपालमा रहस्यमय छ । दरबार हत्या काण्ड कसले गरायो ? दासढुुङगा काण्ड कसले गरायो ? धेरै कुराहरु के छन् त भन्दाखेरी अझै पनि अज्ञान नै रहेको छ । धेरै कुराहरु थाहा नभइसकेको अवस्था पनि छ । देशको राष्ट्रप्रमुख, त्यो पनि त्यत्रो सुरक्षाभित्र घटना घट्यो, कसरी घट्यो । कसले घटायो । यो मुलुकमा कसैले सोच्दै नसोचेको, चिताउँदै नचिताएका कुराहरु पनि हुँदो रहेछ । अनुमानको आधारमा कसैले कसैमाथी आरोप लगाउन त सजिलो कुरा हो । तर त्यसको अनुसन्धान त भइसकेको छ नी । एउटा होइन, चार—चार वटा राष्ट्रसंघीय संस्थाहरुले समेत आएर अनुसन्धान गरिसक्यो, प्रतिवेदन दिइसक्यो । यो कुनै नयाँ कुरा त होइन ।’

गौरमा माओवादीका छापामारले आक्रमण गर्दा आफ्ना पार्टीका मान्छेहरु त्यहाँ नरहेको उहाँको दाबी छ । त्यहाँ बिसौँ हजार गाँउका जनता मात्रै भएको उहाँले बताउनुभयो । त्यसबेला माओवादीहरुप्रति जनता आक्रोशित भएकोले पनि उक्त घटना भएको हुनसक्ने अध्यक्ष यादवको भनाई छ । माओवादीले अपहरण गर्ने, फिरौती माग्ने जस्ता कार्यहरु गर्ने गरेका कारण त्यसको रियाक्सनको रुपमा उक्त घटना भएको हुनसक्ने उहाँले बताउनु भयो । अध्यक्ष यादवले उक्त घटनाको ओएचसिआर, मानवअधिकार आयोग र स्वयं न्यायिक अनुसन्धान भएको बताउनु भयो । पाटनको पुनरावेदन अदालतका मुख्य न्यायधीशको संयोजकत्वमा बनेको न्यायिक छानविन आयोगले पनि छानविन गरेर त्यो कुराको पुष्टी गरेको उहाँको दाबी छ । राजनितिमा प्रतिसोध साँध्ने, कुनै मुद्दालाई दबाउने कुराको लागी प्रयोग गर्ने हो भने त्यो बेग्लै कुरा भएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘त्यहाँ माओवादीका छापामारले आक्रमण गर्दा त हाम्रा मान्छे भागिसेकेका थिए । उनीहरु हतियारसहित थिए, हाम्रा मान्छेसँग केही थिएन । तर बिसौँ हजार जनता गाउँका थिए । फेरि त्यो बेलामा के थियो भने माओवादीहरुप्रति जनता आक्रोशित थिए । अपहरण, फिरौती, विभिन्न कुराहरु चलेको थियो, त्यो बेलामा । मलाई लाग्छ, त्यहाँ त्यसको रियाक्सन पनि भएको हुनसक्छ । त्यो कुरा चाहीँ मैले मात्रै होइन ओएचसिआरले, मानवअधिकार आयोगले र स्वयं न्यायिक अनुसन्धान भएको हो नी त । पाटनको पुनरावेदन अदालतका मुख्य न्यायधिशको संयोजकत्वमा बनेको न्यायिक छानविन आयोगले पनि छानविन गरेर त्यो कुराको पुष्टी गरिसकेको हो । तर के हो भने राजनितिमा प्रतिसोध साँध्ने, कुनै मुद्दालाई दबाउने कुराको लागी प्रयोग गर्ने हो भने त त्यो बेग्लै कुरा हो ।’ 

गौर नरसंहारको छानविन अघि बढाउन भन्दै सर्वोच्च अदालतले भदौ २ गते (सोमवार) आदेश दिएको थियो । गौर नरसंहारका घाइतेमध्येका एक त्रिभूवन साह लगायतले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि सर्वोच्चले यो फैसला गरेको हो । २०६३ को चैत्र ७ गते रौटहटको गौरस्थित राईसमिलको चौरमा भएको झडपमा माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए भने सयभन्दा बढी घाइते भएका थिए । त्यो दिन मधेसी जनअधिकार फोरम र माओवादीले एकै समयमा एकै ठाँउ कार्यक्रम आयोजना गरेका थिए ।