१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको स्रोतआधार अनुसारको क्षेत्रमा लगानी गर्दा उपयुक्त हुने – डा. रामवरण यादव (भिडियो सहित)



file
अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपालको कृषि, जलविद्युत र पर्यटन क्षेत्रमा लगानी गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गर्नु भएको छ । 

पूर्वराष्ट्रपति यादवले नेपालको भूबनावट नै कृषि, जलविद्युत र पर्यटन क्षेत्रको विकासका लागि अनुकूल रहेको उल्लेख गर्दै सोही क्षेत्रमा लगानी गरेर सहज ढंगले प्रतिफल लिन गैर आवासीय नेपालीहरुलाई अनुरोध गर्नु भएको हो ।

बुधबार आइडिया फर नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले नेपालको स्रोतआधार अनुसारको क्षेत्रमा लगानी गर्दा उपयुक्त हुने बताउनु भयो । पूर्व राष्ट्रपति यादवले नेपालको प्रकृतिमैत्री क्षेत्रमा लगानी गरेर नेपालीहरुलाई स्वदेशमै रोजगार बनाउन सहयोग गरिरहेको भन्दै आइडिया फर नेपालको पनि प्रशंशा गर्नु भयो ।

पूर्व राष्ट्रपटि डा. यादवले भन्नुभयो,‘ नेपाल सुन्दर देश छ  । तपाईहरुले गरिरहेको काम सह्रानीय छ । तपाईहरुले सारा नेपालीहरुलाई जोडेर, गैह्रआवासीय नेपालीहरुलाई जोडेर आफ्नो ज्ञान, सीप, पूँजि कसरी नेपालमा आएर केही गरौँ भनेर जुन पवित्र भावनाले काम गर्नुभएको छ । त्यो सह्रानीय छ । नेपालमा लगानी गर्न आउनुहुन्छ भने नेपालको भूगोल, भू–बनावट र यहाँको प्रकृतिमैत्री काम तपाईहरुले के छ भनेर चिन्ता गर्नुहोस् ।

प्रकृतिमैत्री कामहरुमा लगानी गरेर पैसा आर्जन गर्नुहोस् । तर यहाँ कुन काम लगाउने, त्यो हाम्रो प्रकृतिमैत्री र हाम्रो सोर्स बेस हाम्रो एग्रिकल्चर, हाइड्रो पावर, टुरिजम यस्ता कुरामा धेरै सम्भावना छ ।’ त्यस अवसरमा पूर्वराष्ट्रपति यादवले प्रकृतिमैत्री क्षेत्रमा लगानी गर्दा वातावरणमा समेत प्रतिकूल असर नपर्ने बताउनु भयो ।