२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देही–३ को उपचुनावका लागि नाउपा दर्ता नै भएन, मोर्चाको उम्मेदवार को ?



अ+ अ-

काठमाडौं । रुपन्देही क्षेत्र नं. ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनमा बलियो प्रतिस्पर्धी मानिएको नागरिक उन्मुक्ति पार्टी निर्वाचन आयोगमा दर्ता नै भएन । योसँगै संघीय लोकतान्त्रिक मोर्चाको उम्मेदवार को बन्ने भन्ने अन्योल देखिएको छ । यसअघि मोर्चाले नागरिक उन्मुक्ति पार्टीले उठाउने व्यक्तिलाई सहयोग गर्ने निर्णय गरेको थियो ।

नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरी समूहबीचको किचलोका कारण आगामी कात्तिक १७ गते हुने उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दलका रूपमा दर्ता हुनबाट वञ्चित भएको हो । आवश्यक कागजात पेस नगरेका कारण नाउपा उपनिर्वाचन प्रयोजनका लागि दर्ता नभएको आयोगले जनाएको छ ।

नागरिक उन्मुक्ति पार्टीमा देखिएको किचलोका कारण अध्यक्ष श्रेष्ठले केन्द्रीय समिति बैठकको निर्णय बिना नै निवेदन दिएका कारण आयोगले दल दर्ता गर्न अस्वीकार गरेको बताइएको छ ।

नाउपामा अध्यक्षसहित २१ सदस्यीय केन्द्रीय समिति छ । जसमध्ये १३ जनाले राष्ट्रिय भेलामार्फत् रञ्जितालाई कारबाही गरेका थिए । जसका कारण रञ्जिताले केन्द्रीय समिति बैठक नबोलाएरै दल दर्ताका लागि आयोगमा निवेदन दिएकी थिइन् ।

उनले उपनिर्वाचन प्रयोजनका लागि दल गर्न केन्द्रीय समितिको पुरानो बैठकमा उपस्थित कार्यसमिति पदाधिकारी र सदस्यहरूको हस्ताक्षर उपयोग गरेकी थिइन् । तर त्यसलाई आयोगले मान्यता नदिएको हो ।

रूपन्देही–३ मा हुने उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता नभएपछि अध्यक्ष रञ्जिता र संरक्षक रेशम समूहसामु अब ‘डमी’ उम्मेदवार अघि सार्ने विकल्प मात्रै बाँकी छ ।

नाउपा निर्वाचन प्रयोजनका लागि दलका रूपमा आयोगमा दर्ता नभएपछि मोर्चाको आगामी कदमबारे पनि अन्योल देखिएको छ । किनकी यसअघि मोर्चाले नाउपाले उठाउने उम्मेदवारलाई सहयोग गर्ने आश्वासन दिएका थिए ।

निर्वाचन आयोगले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि २६ दल दर्ता भएको जनाएको छ । आयोगले साउन २१ गतेदेखि साउन २७ गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न भनेको थियो ।

संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दर्ता हुन आएका २७ दलमध्ये २६ दलले मापदण्ड पूरा गरेको आयोगको भनाइ छ ।