२५ असार २०८३, बिहीबार
,
Latest
संवैधानिक नियुक्ति खुला प्रतिष्पर्धाबाट छनोट गर्नुपर्ने थियो, तर पुरानै अभ्यासलाई निरन्तरता दिइयोः पद्मा अर्याल स्वास्थ्य बीमा कार्यक्रम यथास्थितिमा चलाउन नसकिने अर्थमन्त्रीको अभिव्यक्ति आपत्तिजनक छः नेकपा सांसद मल्ल कञ्चनपुरमा ७१ जना फरार कैदीबन्दी पक्राउ संविधान संशोधन कार्यदलबाट बाहिरियो एमाले, बोलायो प्रतिनिधि फिर्ता तनहुँ ‘बर्डफ्लु’ को जोखिममा : सतर्कता अपनाउन आग्रह सरकारलाई एमाले सांसद बरालको प्रश्नः सुकुम्बासीले बाँच्न पाउने कि नपाउने ? ललितपुर महानगरपालिकामा साउन १५ देखि घरघरमै स्वास्थ्य सेवा सरकारले सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउने ५ दिने अल्टिमेटम तत्काल फिर्ता लिनुपर्दछः काँग्रेस सांसद कामी कृषि तथा वन मन्त्रालयको १०० दिने उपलब्धिः कार्बन व्यापारबाट १ अर्ब १० करोड आम्दानी र… चार विधेयकमाथि राष्ट्रियसभा समितिमा दफाबार छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिन्दकुश हिमालय संसदीय सम्मेलन सम्पन्न



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आयोजनामा नेपालमा पहिलो पटक भएको हिन्दुकुश हिमालय क्षेत्रका मुलुकका सांसदको दुई दिने सम्मेलन पाँच बुँदे आह्वान जारी गर्दै सम्पन्न भएको छ ।

सोमवार र मंगलवार काठमाडौंमा भएको उक्त सम्मेलनको मुख्य विषय ‘प्रकृतिको संरक्षण, जनताको सशक्तीकरण’ रहेको थियो । हिन्दुकुश हिमालय क्षेत्रका मुलुकका सांसदहरुले जलवायु परिवर्तन तथा जैविक विधिधताको संरक्षणका लागि तत्काल कार्य शुरु गर्न आह्वान गरेको परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर क्षेत्रीले बताउनु भयो ।

सम्मेलनपश्चात आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्षेत्रीले साझा पारिस्थितिक, सामाजिक तथा आर्थिक महत्व बोकेको हिन्दुकुश हिमालय क्षेत्रमा बढ्दो जलवायु सङ्कट, प्रदूषण र जैविक विविधताको क्षति समुदाय र पारिस्थितिकी प्रणालीका लागि गम्भीर चुनौती भएको निष्कर्ष निकालेको पनि बताउनु भयो । उहाँकाअनुसार भावी पुस्ताको सुरक्षित भविष्यका लागि जलवायु सहनशीलता, स्वच्छ वायु र जैविक विविधता संरक्षणलाई प्राथमिकतामा राख्नुपर्नेमा पनि सम्मेलनले जोड दिएको छ ।

पूर्वमा म्यानमारदेखि पश्चिमको अफगानिस्तानसम्म फैलिएको तीन हजार ५०० किलोमिटर हिन्दकुश हिमालय क्षेत्रबाट पग्लने हिउँ यो क्षेत्रका १०० प्रमुख नदीको पानीको स्रोत मानिन्छ । यी प्राकृतिक स्रोत र जैविक विविधताको संरक्षणमा सम्मेलनले जोड लिएको छ ।