२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याद थप भएको समयभित्रै नयाँ संसद भवनको बाँकी काम पूरा गर्न उपप्रधानमन्त्री सिंहको निर्देशन



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले म्याद थप भएको समयभित्रै नयाँ संसद भवनको बाँकी काम पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ ।

मंगलवार सिंहदरबारमा बसेको निर्माण ठेकेदारहरुसँगको छलफलका क्रममा उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले संसद भवन बनाउन धेरै समय लागिसकेको भन्दै अहिले पनि समयमै सकिने हो की होइन भन्ने प्रश्न उठिरहेको बताउनु भयो ।

उहाँले अहिले हात्ती छिर्यो पुच्छर अड्कियो जस्तो भएको उल्लेख गर्दै म्याद थप भएको समयमै र वर्किङ क्यालेण्डरअनुसार वर्किङ क्यापासिटी बढाएर काम गर्न निर्देशन दिनुभयो । सम्झौताको आधारमा बसेर काम गर्न उहाँको निर्देशन छ ।

उहाँले भन्नुभयो, ‘संसद भवन बनाउनै यत्तिका समय लाग्यो, सम्पन्न हुने हो की होइन भन्नेमा प्रश्न उठेको छ । बाँकी समयमा सम्पन्न गराउन, ४० प्रतिशत काम छ । हात्ती छिर्यो, पुच्छर अड्कियो जस्तो भएको छ । कसरी सम्पन्न गराउने भन्नेमा मन्त्रालयले गर्नुपर्ने काममा पनि गम्भीर छौँ । म्याद थप भएको समयमै र वर्किङ क्यालेण्डरअनुसार वर्किङ क्यापासिटी बढाउनुस् । सम्झौताको आधारमा बसेर काम गर्नुपर्छ । काम हुनुप¥यो ।’

उपप्रधानमन्त्री सिंहले मन्त्रालय, निर्माण कम्पनीले गर्नुपर्ने काम समूहगत रुपमा बाँकी समयमै सम्पन्न गर्नेतर्फ लाग्नुपर्ने बताउनु भयो । मन्त्रालयलाई संसद भवनको काम जस्तै त होला नि भनेर दाँज्न थालिएको बताउनु भयो ।