६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोले महाकाली लोकमार्ग अवरुद्ध



अ+ अ-

खलङ्गा । सडकमाथिबाट खसेको पहिरोले महाकाली राजमार्गअन्तर्गत खलङ्गा–गोकुलेश्वरखण्ड अवरुद्ध भएको छ ।

मालिकार्जुन गाउँपालिका–३ रनेबास क्षेत्रमा आज बिहान परेको भीषण वर्षाले पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिनुभयो । अवरुद्ध सडक खुलाउन खलङ्गाबाट उपकरण मगाएइएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताउनुभयो ।