२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले बोलायो संसदीय दलको आकस्मिक बैठक



file
अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले)ले संसदीय दलको आकस्मिक बैठक बोलाएको छ ।

यद्यपि, बैठकको एजेन्डा केही खुलाइएको छैन । साढे दश बजे सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बैठक डाकिएको एक नेताले बताए ।

संसदमा विचाराधीन र विवादित कतिपय विधेयकहरूको बारेमा दलको धारणा बनाउन आकस्मिक छलफलका लागि बोलाइएको बुझिएको छ ।

यसबाहेक कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन संसदमा महाअभियोग प्रस्ताव लैजाने छलफल समेत भइरहेकाले सांसदहरूलाई डाकिएको अनुमान समेत गरिएको छ ।

प्रतिनिधि सभाको बैठक भोलि बुधबार बस्दैछ । त्यसअगाडि आज एमालेले संसदीय दलको आकस्मिक बैठक बोलाउनुलाई चासोका साथ हेरिएको छ ।