२१ भाद्र २०८३, आईतवार
,
Latest
नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन ‘भट्टारमा पहिरोका कारण उत्पन्न जोखिम कम गर्न आवश्यक पहल गरिने’ नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमिक्रोनको त्रासः ‘राधे श्याम’ पनि ‘पोस्टपोन्ड’



अ+ अ-

मुम्बई । भारतमा कोरोना त्रासका कारण फिल्महरुको रिलिज  धमाधम पोस्टपोन्ड भइरहेको छ । 

बलिउड तथा साउथका चलचित्रहरुको प्रदर्शन मिति एकपछि अर्को गर्दै पोस्टपोन्ड भएका छन् भने अधिकांश राज्यका सिनेमा हलहरु पनि बन्द भइसकेका छन् ।

बाहुबली फेम निर्देशक एसएस राजामौलीको चलचित्र ‘आरआरआर’ जनवरी ७ बाट पोस्टपोन्ड भइसकेको छ । 

अब अर्को प्रतीक्षित साउथ चलचित्रको प्रदर्शन मिति पनि पछि धकेलिएको छ । साउथका सुपरस्टार प्रभास र अभिनेत्री पूजा हेग्डेको मुख्य भूमिका रहेको चलचित्र ‘राधे श्याम’को प्रदर्शन मिति जनवरी १४ बाट पोस्टपोन्ड गरिएको हो ।

यो चलचित्रलाई जनवरी १४ मै ल्याउने तयारी गरिएपनि भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि यस फिल्मको रिलिज हाललाई स्थगित गरिएको छ । 

यस्तै, साउथकै अर्का स्टार अजित कुमार अभिनित चलचित्र ‘वालिमाई’को प्रदर्शन मिति जनवरी १३ मा तोकिएको थियो, तर यस फिल्मको पनि रिलिज मिति पोस्टपोन्ड गरिएको छ ।