१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमिक्रोनको त्रासः ‘राधे श्याम’ पनि ‘पोस्टपोन्ड’



अ+ अ-

मुम्बई । भारतमा कोरोना त्रासका कारण फिल्महरुको रिलिज  धमाधम पोस्टपोन्ड भइरहेको छ । 

बलिउड तथा साउथका चलचित्रहरुको प्रदर्शन मिति एकपछि अर्को गर्दै पोस्टपोन्ड भएका छन् भने अधिकांश राज्यका सिनेमा हलहरु पनि बन्द भइसकेका छन् ।

बाहुबली फेम निर्देशक एसएस राजामौलीको चलचित्र ‘आरआरआर’ जनवरी ७ बाट पोस्टपोन्ड भइसकेको छ । 

अब अर्को प्रतीक्षित साउथ चलचित्रको प्रदर्शन मिति पनि पछि धकेलिएको छ । साउथका सुपरस्टार प्रभास र अभिनेत्री पूजा हेग्डेको मुख्य भूमिका रहेको चलचित्र ‘राधे श्याम’को प्रदर्शन मिति जनवरी १४ बाट पोस्टपोन्ड गरिएको हो ।

यो चलचित्रलाई जनवरी १४ मै ल्याउने तयारी गरिएपनि भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि यस फिल्मको रिलिज हाललाई स्थगित गरिएको छ । 

यस्तै, साउथकै अर्का स्टार अजित कुमार अभिनित चलचित्र ‘वालिमाई’को प्रदर्शन मिति जनवरी १३ मा तोकिएको थियो, तर यस फिल्मको पनि रिलिज मिति पोस्टपोन्ड गरिएको छ ।