९ आश्विन २०८१, बुधबार
,
Latest
‘प्रेम गीत ३’ ‘सिनेमाघर’मा रिलिज, अब ल्यापटप र डेस्कटपमा पनि हेर्न मिल्ने पूर्वाग्रह साथ पक्राउ नगर्ने र पक्राउ गरिएका प्रति मानवोचित व्यवहार गर्न आयोगको आग्रह बङ्गलादेशमा पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध अमेरिकी राष्ट्रपति चुनाव : महाशक्ति राष्ट्रको कमाण्ड कसको हातमा पुग्ला ? बाजुरामा चट्याङ लागेर वृद्धको मृत्यु आफ्नो पार्टनरलाई म्यासेज गर्दा गल्तिले पनि नगर्नुहोस् यी ५ काम नेप्से परिसूचकमा ४९ अङ्कको वृद्धि पर्यटकको रोजाइमा ‘तीनधारे झरना’ साहारा सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता प्राडा पन्त आइएपिबीको ‘बोर्ड अफ ट्रस्टी’मा निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रशासनको निषेधाज्ञा तोड्दै प्रहरीलाई भित्र थुनेर चौकीमा लगाइयो ताला



अ+ अ-

कपिलवस्तु । कपिलवस्तुमा स्थानीय प्रशासनको निषेधाज्ञा तोड्दै महिला आन्दोलनमा उत्रिएका छन् । प्रहरीविरुद्ध नाराबाजी गर्दै आन्दोलित महिलाले वाणगङ्गा नगरपालिका–४ गजेहडा चौकी घेराउ गरेका छन् । वाणगङ्गा, गजेहडाका ती बालिकालाई यौन दुराचार गर्ने दुईमध्ये एक जना अदालतबाट कुनै सजायविना छुटेपछि पीडित परिवारसहित स्थानीय महिलाले प्रहरीचौकी घेराउ गरी नाराबाजी गरेका हुन् । 

स्थानीयवासी १७ वर्ष ६ महिनाका किशोर र अर्का ४२ वर्षीय पुरुषले ८ देखि १० वर्षका बालिकालाई लामो समयदेखि यौन दुराचार गर्दै आएको भन्दै पीडितबाट करीब २२ दिनअघि प्रहरीमा जाहेरी परेको थियो । पीडित बालिकाहरुले आफूहरुलाई अभियुक्तले यौन दुव्र्यहार गरेको  प्रहरीसमक्ष बयान दिएका थिए । उनीहरुले पीडितले न्याय पाउनैपर्छ भन्दै नाराबाजी गर्दै प्रहरीलाई भित्र थुनेर चौकीमा ताला लगाइदिएका  छन् । प्रहरीले पीडकसंँग रकम खाएर मुद्दा कमजोर बनाएको महिलाको आरोप छ । जिल्ला अदालत कपिलवस्तुले बुधबार अन्तिम फैसला नहुन्जेल ती किशोरलाई अभिभावकको जिम्मा लगाइछाड्ने आदेश दिएको आन्दोलनकारी महिलाको भनाइ  छ ।

सोहीअनुसार पीडक भनिएका किशोर छुटेर गाउँमै आएपछि ती बालिका थप असुरक्षित भएको भन्दै महिलाहरुले न्यायको मागसहित प्रहरीमा घेराउ गरेका हुन् । एक अभियुक्त छुटे पनि अर्कालाई अझै अदालतमा पेश गरिएको छैन । इलाका प्रहरी कार्यालय पिपराले अदालतसमक्ष सरकारी वकिलमार्फत पेश गर्दा जबर्जस्ती करणी गरेको भनेर पेश गरेको थियो ।  महिला अधिकारकर्मी चेतना अधिकारीले प्रहरीले अभियुक्तसंँग मिलेमतो गरेर कमजोर मुद्दा चलाएको आरोप लगाउनुभयो ।  इलाका प्रहरी कार्यालय पिपराका प्रमुख आयुष जोशीले पीडितको जाहेरीअनुसार मुद्दा चलाइएको प्रतिक्रिया दिनुभयो ।