५ असार २०८३, शुक्रबार
,
Latest
झलानाथ खनाललक्षित प्रचण्डको टिप्पणीः प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती गर्दैछन् संस्कृति र प्रकृतिको प्रवर्द्धनमा कलाकार लाग्नुपर्छ : मन्त्री पौडेल बजेट विनियोजन गर्दा प्रदेश र स्थानीय तहलाई ध्यान दिन सांसदको माग संघीयता कार्यान्वयनमा केन्द्रिकृत मानसिकता वाधकः नेता दंगाल सङ्घीयताको मर्मविपरित बजेट विनियोजन भयोः सांसद साह सरकारको कार्यशैली दम्भपूर्ण भएको सांसद भट्टको आरोप अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल राष्ट्रिय सभाको शुन्य समयः सुकुम्बासी समस्या, शान्ति सुरक्षा र बजेट विनियोजनप्रति सांसदहरूको आपत्ति ‘यौन हिंसामा परेका महिलाको हकअधिकार र न्याय सुनिश्चित गरिनुपर्छ’ काठमाडौँमा तीन दिने ज्योतिष सम्मेलन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु परिवर्तनका असरले मुलुकको अर्थतन्त्र र वातावरणमा नकारात्मक प्रभाव पारिरहेको छः सभापति थापा



अ+ अ-

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति कुसुमदेवी थापाले जलवायु परिवर्तनका असरले मुलुकको अर्थतन्त्र र वातावरणमा नकारात्मक प्रभाव पारिरहेको बताउनु भएको छ।

सोमवार काठमाडौँमा हिन्दुकुश हिमालय संसदीय बैठकमा बोल्दै उनले २१ औं शताब्दीमा जलवायु परिवर्तनका कारणले मानव सभ्यता र समस्त पृथ्वीका प्राकृतिक श्रोतमाथि दुष्प्रभाव पारिरहेको जिकिर गर्नुभयो ।

जलवायु परिवर्तन मानव जातिको अस्तित्वका लागि ठूलो संकट बनेको जिकिर गर्नुभयो। आजको विश्वमा बैले कुनै न कुनै मात्रामा जलवायु परिवर्तनका असर प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भोगिरहेको बताउनुभयो ।

जलवायु परिवर्तनले पार्ने विभिन्न खाले साना तथा ठूला जोखिमका सामना गर्नका लागि सरकार तथा अन्तर्राष्ट्रिय समुदायले विभिन्न प्रयासहरू गरिरहेको भएपनि पर्याप्त नभएको जिकिर गर्नुभयो । हिन्दुकुश हिमालय क्षेत्रको जैविक विविधता संकटमा परिरहेको उल्लेख गर्नभयो ।

सभापति थापाले हिन्दुकुश हिमालय मुलुकका बिचमा सामुहिक कार्य र ऐक्यवद्धता हुन जरुरी रहेको बताउनु भयो ।