काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज विराटनगर जानुहुने भएको छ ।
नेकपा एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीले विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिक पत्रिकाको २१ औं वार्षिक उत्सव कार्यक्रमका लागि विराटनगर जान लाग्नुभएको हो ।
विराटनगरमा रहँदा उहाँले पार्टीका अगुवा नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ ।
सक्रिय राजनीतिमा फर्किएको घोषणापछि पूर्वराष्ट्रति भण्डारीले आफ्ना गतिविधि बढाउँदै आउनुभएको छ ।
मातृ पार्टी नेकपा एमालेले सदस्यता नवीकरण नगर्ने उद्घोष गरे पनि भण्डारीले दबाब दिन छाड्नु भएको छैन ।
भण्डारी राजनीतिमा सक्रिय हुने कि नहुने भन्ने विषयलाई लिएर एमालेमा अझै विवाद छ ।










