५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारी आज विराटनगर जाँदै



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज विराटनगर जानुहुने भएको छ ।

नेकपा एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीले विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिक पत्रिकाको २१ औं वार्षिक उत्सव कार्यक्रमका लागि विराटनगर जान लाग्नुभएको हो ।

विराटनगरमा रहँदा उहाँले पार्टीका अगुवा नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ ।

सक्रिय राजनीतिमा फर्किएको घोषणापछि पूर्वराष्ट्रति भण्डारीले आफ्ना गतिविधि बढाउँदै आउनुभएको छ ।

मातृ पार्टी नेकपा एमालेले सदस्यता नवीकरण नगर्ने उद्घोष गरे पनि भण्डारीले दबाब दिन छाड्नु भएको छैन ।

भण्डारी राजनीतिमा सक्रिय हुने कि नहुने भन्ने विषयलाई लिएर एमालेमा अझै विवाद छ ।