२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र भारतका सचिवबीच द्विपक्षीय भेटवार्ता



अ+ अ-

काठमाडौँ:परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका विदेश सचिव विक्रम मिस्रीबीच द्विपक्षीय भेटवार्ता भएको छ । उहाँहरुबीच द्विपक्षीय ‘कनेक्टिभिटी’, व्यापार र विकास सहयोगलगायत विस्तृत मुद्दामा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि विदेश सचिव मिस्रीले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

साथै विदेश सचिव मिस्रीले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समेत शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

नेपालको दुईदिने औपचारिक भ्रमणमा रहनुभएका विदेश सचिव मिस्री सोमबार काठमाडौँबाट प्रस्थान गर्नुहुनेछ । विदेश सचिव मिस्री परराष्ट्र सचिव राईको निमन्त्रणमा नेपालको दुईदिने औचापरिक भ्रमणका क्रममा यहाँ आइपुग्नुभएको हो ।