२३ भाद्र २०८३, मंगलवार
,
Latest
नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै संस्कृति र परम्पराको संरक्षण गर्न सरकार कटिबद्ध छः मुख्यमन्त्री कार्की



फाइल फोटो
अ+ अ-

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै जातजाति, धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न सरकार कटिबद्ध रहेको बताउनुभएको छ ।

उहाँले आज विराटनगर–१ राधाकृष्ण मन्दिरबाट निकालिएको रथयात्राको शुभारम्भ गर्दै रथयात्राले सामाजिक एकता, सहिष्णुता र साझा संस्कृति प्रवर्द्धनका लागि रथयात्रा जस्ता पर्वको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले प्रदेश राजधानी विराटनगरमा निकालिएको रथयात्राले विविधताभित्रको एकताको भाव प्रगाढ बनाएको उल्लेख गर्नुभयो । रथयात्रालाई आगामी दिनमा थप व्यवस्थित बनाएर लैजानु पर्ने उहाँको भनाइ थियो ।

विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले रथयात्राले प्रदेशको धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान पु¥याएको बताउनुभयो ।

श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट अर्थात् आज निकालिएको रथयात्रालाई एसिया महादेशको दोस्रो ठूलो पर्वका रूपमा लिने गरिन्छ । राधाकृष्ण मन्दिरकार्य समिति अध्यक्ष कैलाश रेग्मीले विसं १९८८ सालदेखि सुरु भएको खट यात्राका रूपमा यो ९४औँ रथयात्रा रहेको बताउनुभयो ।

विराटनगर–१ पानीट्याङ्कीस्थित राधाकृष्ण मन्दिरबाट निकालिएको रथयात्राले नगरको नौ किलोमिटरको दूरी तय गर्ने गर्छ । रथयात्राको उचाई २१ फिट तीन इन्च, चौडाई १४ फिट, लम्बाई १९ फिट र जुवाको भाग आठ फिट रहेको छ ।

रथयात्राले परिक्रमाको क्रममा नगरका विभिन्न ४४ स्थानमा विश्राम लिने छ भने पुनःराधाकृष्ण मन्दिरमा पुगेर समापन हुने छ । रथयात्रामा कोशी, मधेशलगायत स्वदेशका विभिन्न क्षेत्र तथा सीमावर्ती भारतबाट गरी करिब पाँच लाख भक्तजन उपस्थित रहने अनुमान गरिएको अध्यक्ष रेग्मीले बताउनुभयो ।

राधाकृष्ण रथयात्रामा कोशी प्रदेश, मधेस प्रदेश र भारतका विभिन्न प्रान्तका धर्मावलम्वीको सहभागीता रहने अनुमान गरिएको छ । रासस