२३ जेष्ठ २०८३, शनिबार
,
Latest
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखामा सुविधासम्पन्न एनपीआइ अस्पतालको सेवा शुभारम्भ



अ+ अ-

गोरखा: गोरखामा निजी स्तरबाट निर्माण भएको अत्याधुनिक सुविधासम्पन्न एनपीआइ गोरखा अस्पतालको सेवा शुभारम्भ भएको छ ।

आईतवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले अस्पतालको उद्घाटन तथा सेवा शुभारम्भ गर्नुभएको हो । सो अवसरमा बोल्दै मुख्यमन्त्री पाण्डेले गोरखामै सय शैय्याको सुविधासम्पन्न अस्पताल निर्माण भएपछि चितवन, पोखरा र काठमाडौं जानुपर्ने बाध्यता अन्त्य भएको बताउनु भयो । उहाँले ठूलो लगानीमा पहाडी जिल्लामा अस्पताल सञ्चालन गरेको भन्दै चितवन र गोरखाका व्यवसायीलाई धन्यवाद दिनुभयो ।

निजी क्षेत्रलाई लगानीको वातावरण बनाउन प्रदेश सरकार तयार रहेको भन्दै मुख्यमन्त्री पाण्डेले स्वास्थ्य सेवा सबै जनताको पहुँचमा पुग्नुपर्ने बताउनु भयो । गण्डकी प्रदेश स्वास्थ्यको हव बन्ने चरणमा रहेको भन्दै उहाँले युवा जनशक्तीलाई देशमै काम गर्ने वातावरण बनाउनुपर्ने उल्लेख गर्नुभयो ।

चितवन र गोरखाका व्यवसायीहरु मिलेर ५५ करोडको लागतमा एनपिआई गोरखा अस्पताल निर्माण गरेका हुन् । २०७७ साल माघ ५ गतेबाट निर्माण शुरु गरेको अस्पताल गतवर्ष नै निर्माण सम्पन्न भएपनि भवन पास (निर्माण सम्पन्नताको प्रमाणपत्र) प्राप्त हुन समय लागेका कारण सञ्चालनमा ढिलाइ भएको थियो । ९ रोपनी क्षेत्रफलमा फैलिएको अस्पतालमा बहिरंग र अन्तरंगका साथै छुट्टाछुट्टै क्याविन समेत निर्माण गरिएको छ । जिल्लामा नै पहिलो पटक अस्पतालले सिटी स्क्यान मेशिन जडान गरेको जनाएको छ । अस्पतालले सुरुमा विशेषज्ञ चिकित्सकहरु सहित फिजिसियन, हाडजोर्नी, बालरोग, स्त्री, सर्जन, रेडियोलोजिष्ट र एनेथेसियोलोजिष्ट सेवा दिने अस्पतालका प्रवन्ध निर्देशक पुष्पराज धितालले जानकारी दिनुभयो ।

उहाँकाअनुसार अस्पताल आउने बिरामीले नाक, कान, घाँटी छालारोग र नशा तथा मानसिक रोगका चिकित्सक सेवा समेत पाउनेछन । अस्पतालले आफ्नै फार्मेशी समेत सञ्चालन गरेको छ । अस्पतालले सेवा शुभारम्वको अवसर पारेर आईतवार ओपिडी नि:शुल्क व्यवस्था गरेको छ भने सबै प्रकारका उपचारमा ५० प्रतिशत छुट दिइने निर्देशक धितालले जानकारी दिनुभयो । उहाँकाअनुसार भदौ २ र ३ गते उपचारमा आउने विरामीलाई २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । यस अस्पतालबाट गोरखासँगै लमजुङ, तनहुँ र धादिङका बिरामीलाई सेवा प्राप्त गर्न सहज हुनेछ । —न्युज एजेन्सी नेपाल

 




भर्खरै