१९ मंसिर २०८२, शुक्रबार
,
Latest
भ्याली पब्लिकका तीनै टोली विजयी चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखामा सुविधासम्पन्न एनपीआइ अस्पतालको सेवा शुभारम्भ



अ+ अ-

गोरखा: गोरखामा निजी स्तरबाट निर्माण भएको अत्याधुनिक सुविधासम्पन्न एनपीआइ गोरखा अस्पतालको सेवा शुभारम्भ भएको छ ।

आईतवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले अस्पतालको उद्घाटन तथा सेवा शुभारम्भ गर्नुभएको हो । सो अवसरमा बोल्दै मुख्यमन्त्री पाण्डेले गोरखामै सय शैय्याको सुविधासम्पन्न अस्पताल निर्माण भएपछि चितवन, पोखरा र काठमाडौं जानुपर्ने बाध्यता अन्त्य भएको बताउनु भयो । उहाँले ठूलो लगानीमा पहाडी जिल्लामा अस्पताल सञ्चालन गरेको भन्दै चितवन र गोरखाका व्यवसायीलाई धन्यवाद दिनुभयो ।

निजी क्षेत्रलाई लगानीको वातावरण बनाउन प्रदेश सरकार तयार रहेको भन्दै मुख्यमन्त्री पाण्डेले स्वास्थ्य सेवा सबै जनताको पहुँचमा पुग्नुपर्ने बताउनु भयो । गण्डकी प्रदेश स्वास्थ्यको हव बन्ने चरणमा रहेको भन्दै उहाँले युवा जनशक्तीलाई देशमै काम गर्ने वातावरण बनाउनुपर्ने उल्लेख गर्नुभयो ।

चितवन र गोरखाका व्यवसायीहरु मिलेर ५५ करोडको लागतमा एनपिआई गोरखा अस्पताल निर्माण गरेका हुन् । २०७७ साल माघ ५ गतेबाट निर्माण शुरु गरेको अस्पताल गतवर्ष नै निर्माण सम्पन्न भएपनि भवन पास (निर्माण सम्पन्नताको प्रमाणपत्र) प्राप्त हुन समय लागेका कारण सञ्चालनमा ढिलाइ भएको थियो । ९ रोपनी क्षेत्रफलमा फैलिएको अस्पतालमा बहिरंग र अन्तरंगका साथै छुट्टाछुट्टै क्याविन समेत निर्माण गरिएको छ । जिल्लामा नै पहिलो पटक अस्पतालले सिटी स्क्यान मेशिन जडान गरेको जनाएको छ । अस्पतालले सुरुमा विशेषज्ञ चिकित्सकहरु सहित फिजिसियन, हाडजोर्नी, बालरोग, स्त्री, सर्जन, रेडियोलोजिष्ट र एनेथेसियोलोजिष्ट सेवा दिने अस्पतालका प्रवन्ध निर्देशक पुष्पराज धितालले जानकारी दिनुभयो ।

उहाँकाअनुसार अस्पताल आउने बिरामीले नाक, कान, घाँटी छालारोग र नशा तथा मानसिक रोगका चिकित्सक सेवा समेत पाउनेछन । अस्पतालले आफ्नै फार्मेशी समेत सञ्चालन गरेको छ । अस्पतालले सेवा शुभारम्वको अवसर पारेर आईतवार ओपिडी नि:शुल्क व्यवस्था गरेको छ भने सबै प्रकारका उपचारमा ५० प्रतिशत छुट दिइने निर्देशक धितालले जानकारी दिनुभयो । उहाँकाअनुसार भदौ २ र ३ गते उपचारमा आउने विरामीलाई २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । यस अस्पतालबाट गोरखासँगै लमजुङ, तनहुँ र धादिङका बिरामीलाई सेवा प्राप्त गर्न सहज हुनेछ । —न्युज एजेन्सी नेपाल