२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेलद्वारा भगवान् श्रीकृष्णको पूजाआराधना



अ+ अ-

पाटन (ललितपुर): राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना गर्नुभएको छ । त्यसपश्चात् उहाँलाई मन्दिरका पुजारीले फूल प्रसाद प्रदान गर्नुभएको थियो । साथै राष्ट्रपति पौडेलले मङ्गहिटीको अवलोकन गर्नुभएको थियोे ।

राष्ट्रपतिलाई मन्दिर परिसरमा ललितपुरबाट निर्वाचित सङ्घीय संसद्का सदस्य, वाग्मती प्रदेशका कृषिमन्त्री मधुसूदन पौडेल, वाग्मती प्रदेशसभा सदस्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबावु महर्जन, ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद ढकाल, महानगरउपप्रमुख मञ्जली शाक्य बज्राचार्य, सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरे, महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठलगायत नगरवासीले स्वागत गर्नुभएको थियोे ।