८ भाद्र २०८३, सोमबार
,
Latest
भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने प्रयासप्रति सचिवालयको आपत्ति इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट चन्द्र नहरलाई ऐतिहासिक सम्पदासँगै आधुनिक सिँचाइ प्रणाली बनाइने मुगुका पत्रकार शाहीलाई झापामा सम्मान विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण हरवाचरवा मुक्तिको चार वर्ष, अधिकारवादी संघसंस्था भन्छन्: समस्या उस्तै जेनजी आन्दोलनमा क्षतिग्रस्त भैंसेपाटी मन्त्रीनिवासको पुनर्निर्माण अन्तिम चरणमा -फोटो फिचर छिर्कनेमा पहिरोले सवारीसाधन आवतजावत गर्न असहज बागमती प्रदेशसभाको बैठक बस्दै : मुख्यमन्त्री थापाले विश्वासको मत लिने बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिड साम्य भएलगत्तै लोकसेवा परीक्षा



अ+ अ-

काठमाडौं । लोकसेवा आयोगले पहिलो चरणमा परीक्षा भएका र विज्ञापन खुलाएका सबै पदको परीक्षा कोभिड–१९ को महामारी साम्य भएपछि लिने भएको छ । लोकसेवाको परीक्षा के हुने भन्ने अन्योल भइरहेको बेला आयोगले महामारी साम्य भएलगत्तै स्थगित परीक्षा लिने जनाएको छ ।

लोकसेवा आयोगकी प्रवक्ता गीताकुमारी हुमेगाईंले आयोगले लिन बाँकी पदको परीक्षा विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को महामारी शान्त भएपछि लिइने बताइन् । पहिलो चरणमा परीक्षा भएका र आयोगले फाराम बुझेका सबै परीक्षा नियमित रूपमै हुने हुमेगाईंले जानकारी दिइन् । ‘फाराम रद्द होइन, स्थगित गरिएको हो,’ प्रवक्ता हुमेगार्इंले भनिन् ।

सरकारले अर्को व्यवस्था नभएसम्मका लागि लोकसेवाका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेसँगै लोकसेवा तयारी गरेर बसेका धेरै परीक्षार्थी अन्योलमा थिए । १४ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले आयोगलाई पदपूर्तिसम्बन्धी सबै कार्य स्थगित गर्न अनुरोध गर्ने निर्णय गरेको थियो ।

हुमेगाईंका अनुसार लोकसेवाको वार्षिक तालिकाअनुसार खुलाउनुपर्ने पदको विज्ञापन भने नखुल्ने भएको छ । अब खुलाउने विज्ञापनमा भने सरकारसँग छलफल गरेर निष्कर्षमा पुग्ने प्रवक्ता हुमेगार्इंले जानकारी दिइन् । ‘यस विषयमा आयोगमा छलफल भइरहेको छ,’ प्रवक्ता हुमेगाईंले भनिन् ।

कोभिड–१९ का कारण नेपालको आर्थिक अवस्था कमजोर हुने र खर्च धान्न मुस्किल पर्ने भएकाले कर्मचारी भर्नाका सबै प्रक्रिया रोक्नुपरेको जनाइएको छ । चालू खर्च घटाउन कर्मचारी थप्ने प्रक्रिया रोकिएकाले नयाँ भर्ना प्रक्रिया भने अनिश्चित बनेको छ ।

आयोगकी प्रवक्ता हुमेगाईंका अनुसार वार्षिक कार्यतालिकाअनुसार सबैको विज्ञापन भइसकेकाले ती परीक्षा रोकिनेछैन तर प्राविधिक खरिदारको विज्ञापन हुन बाँकी रहेकाले त्यसको परीक्षा भने नहुने आयोगले जनाएको छ ।

त्यसैगरी, संस्थान र अन्य निकायको परीक्षा पनि स्थगित गरिएको हुमेगाईंले जानकारी दिइन् । हुमेगाईंले विज्ञापन भएर फाराम भरिसकेकालाई लकडाउनको समयमा तयारी गरेर बस्न पनि अनुरोध गरिन् । ‘महामारी कहिले शान्त हुने हो, कसैलाई थाहा छैन, त्यसैले अन्योल जस्तो भए पनि परीक्षाको तयारीमा भने लगातार लाग्दा राम्रो हुन्छ,’ प्रवक्ता हुमेगाईंले भनिन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले लकडाउनका बेला कर्मचारी परिचालन गर्न नसकिएको अवस्थामा नयाँ भर्ना रोकिँदा कुनै समस्या नपर्ने बताए ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।