४ असार २०८३, बिहीबार
,
Latest
प्रहरी पोसाक खरिदमा परिवर्तन, अब टेन्डर हटाएर नगद दिने तयारी राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित सहकारी क्षेत्रमा कडाई बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यकः मुख्यमन्त्री आचार्य अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापन नियुक्ति गर्दा विस्तृत विवरण अनिवार्य काठमाडौं महानगरको आगामी आवको बजेट २५ अर्ब ८८ करोड, पूर्वाधार विकासलाई उच्च प्राथमिकता (पूर्णपाठ) औद्योगिक क्षेत्रको महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न उद्योग परिसङ्घकाे आग्रह शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेः मन्त्री चौधरी श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन हस्पिटलको अनुगमन: एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा कोरोना संक्रमणबाट सिन्धुपाल्चाेककी एक सुत्केरी महिलाको मृत्यु



अ+ अ-

काठमाडौँ । नेपालमा कोरोनाको संक्रमणबाट एक महिलाको मुत्यु भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरी महिलाको कोरोनाले मृत्यु भएको हो। 

काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा आरडिटि  र पिसिआर दुबैमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेकाे छ । नेपालमा कोरोनाले मृत्यु हुने उनी पहिलो व्यक्ति हुन्। उनको बिहीबार राति मृत्यु भएको हो।

केही दिनअघि शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी घर फर्किएपछि स्वासप्रश्वासमा समस्या आएकाले धुलिखेल अस्पतालमा भर्ना भएकी थिइन् ।

स्वासप्रश्वासमा समस्या आएकाले उपचारको क्रममा उनको कोरोना परीक्षण गर्दा आरडीटी रिपोर्ट पोजिटिभ आएको थियो। 

ती महिलाकाे शव दाहसंस्कारका लागि नेपाली सेनाकाे टाेलीले शनिबार साँझ पशुपतिनाथ मन्दिर परिसरमा रहेकाे विद्युतीय शवदाह गृहमा ल्याएकाे छ ।