१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन हस्पिटलको अनुगमन: एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध हुन निर्देशन

श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन हस्पिटलको अनुगमन: एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध हुन निर्देशन
अ अ+ अ-

काठमाडौँ । युवा श्रम तथा रोजगार मन्त्रालय, सिंहदरबार र श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग अन्तर्गतको श्रम तथा रोजगार कार्यालय, टेकुबाट खटिएको टोलीले काठमाडौँको फ्रन्टलाइन हस्पिटलमा श्रमिकहरूको पारिश्रमिक र सेवा सुविधाका सम्बन्धमा अनुगमन गरेको छ। नेपाल सरकारको नियमित अनुगमन प्रक्रिया अन्तर्गत अस्पताल जस्तो अत्यावश्यक क्षेत्रमा कार्यरत श्रमिकहरूको हकहित सुनिश्चित गर्न यो कदम चालिएको हो।

अनुगमनका क्रममा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवको सचिवालयका प्रतिनिधि र श्रम कार्यालयका कारखाना निरीक्षक विवेक यादवसहितको टोलीले अस्पतालमा कार्यरत कर्मचारीहरूको न्यूनतम पारिश्रमिकको अवस्था लगायतका कागजातहरूको अध्ययन गरेको थियो। सो क्रममा अस्पतालले सरकारले तोकेको न्यूनतम पारिश्रमिकको मापदण्ड कार्यान्वयन गरेको पाइएको छ तर सामाजिक सुरक्षा कोषमा श्रमिकहरूको आबद्धता भने निकै न्यून पाइएको छ।

अस्पताल प्रशासनले कर्मचारीहरूमा ६० वर्षको उमेर हद र रकम झिक्ने प्रक्रियाका बारेमा रहेका केही नीतिगत अन्योलका कारण आबद्धता कम भएको जानकारी दिएको छ। तर कर्मचारीहरूले भने अस्पताल प्रशासनले कोषमा पैसा जम्मा गरिदिने आश्वासन मात्रै दिइएको तर जम्मा नगरिदिएको गुनासो गरेका छन्।

श्रम कार्यालयले अनुगमनका क्रममा देखिएका कमीकमजोरी सुधार गर्न र सबै कर्मचारीलाई तत्काल सामाजिक सुरक्षा कोषमा आबद्ध गराई सोको प्रमाण सात दिनभित्र पेस गर्न अस्पताललाई निर्देशन दिएको छ। त्यसै सँग सम्बन्धित रहेर कार्यालयले अस्पतालसँग १० बुँदे विवरणहरूसमेत पेस गर्न माग गरेको छ । जसमा सम्पूर्ण श्रमिक तथा प्रशिक्षार्थीहरूको नामावली विवरण, २०८३ वैशाख महिनाको पारिश्रमिक, सेवा सुविधा र सामाजिक सुरक्षा कोषमा रकम जम्मा गरेको विवरण, प्रतिष्ठानको कर्मचारी सेवा नियमावली र सुरक्षा तथा स्वास्थ्य नीतिको विवरण लगायतका विवरणहरू माग गरिएको छ।

श्रम कार्यालयका कारखाना निरीक्षक विवेक यादवका अनुसार अस्पताल क्षेत्रमा ओभरटाइमकाम गर्नुपर्ने बाध्यता र सो बापतको सुविधाका विषयमा आउने गुनासोहरूलाई सम्बोधन गर्न अनुगमन सुरु गरिएको हो। “राज्यले आगामी दिनमा पनि क्षेत्रगत रूपमा सबै प्रतिष्ठानहरूमा अनुगमनलाई निरन्तरता दिने र श्रमिकहरूको कानुनी अधिकार सुनिश्चित गर्ने लक्ष्य राखिएको उनले बताए”। अनुगमन टोलीले तत्काल सुधार गर्नुपर्ने विषयमा मौखिक निर्देशन समेत दिएको छ र प्रमाणहरू प्राप्त भएपछि थप कानुनी निर्देशन दिइने जनाएको छ ।