९ आश्विन २०८१, बुधबार
,
Latest
‘प्रेम गीत ३’ ‘सिनेमाघर’मा रिलिज, अब ल्यापटप र डेस्कटपमा पनि हेर्न मिल्ने पूर्वाग्रह साथ पक्राउ नगर्ने र पक्राउ गरिएका प्रति मानवोचित व्यवहार गर्न आयोगको आग्रह बङ्गलादेशमा पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध अमेरिकी राष्ट्रपति चुनाव : महाशक्ति राष्ट्रको कमाण्ड कसको हातमा पुग्ला ? बाजुरामा चट्याङ लागेर वृद्धको मृत्यु आफ्नो पार्टनरलाई म्यासेज गर्दा गल्तिले पनि नगर्नुहोस् यी ५ काम नेप्से परिसूचकमा ४९ अङ्कको वृद्धि पर्यटकको रोजाइमा ‘तीनधारे झरना’ साहारा सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता प्राडा पन्त आइएपिबीको ‘बोर्ड अफ ट्रस्टी’मा निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा कोरोना संक्रमणबाट सिन्धुपाल्चाेककी एक सुत्केरी महिलाको मृत्यु



अ+ अ-

काठमाडौँ । नेपालमा कोरोनाको संक्रमणबाट एक महिलाको मुत्यु भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरी महिलाको कोरोनाले मृत्यु भएको हो। 

काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा आरडिटि  र पिसिआर दुबैमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेकाे छ । नेपालमा कोरोनाले मृत्यु हुने उनी पहिलो व्यक्ति हुन्। उनको बिहीबार राति मृत्यु भएको हो।

केही दिनअघि शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी घर फर्किएपछि स्वासप्रश्वासमा समस्या आएकाले धुलिखेल अस्पतालमा भर्ना भएकी थिइन् ।

स्वासप्रश्वासमा समस्या आएकाले उपचारको क्रममा उनको कोरोना परीक्षण गर्दा आरडीटी रिपोर्ट पोजिटिभ आएको थियो। 

ती महिलाकाे शव दाहसंस्कारका लागि नेपाली सेनाकाे टाेलीले शनिबार साँझ पशुपतिनाथ मन्दिर परिसरमा रहेकाे विद्युतीय शवदाह गृहमा ल्याएकाे छ ।