३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह

विनयको विनयी फोटोग्राफी-फोटो फिचर

विनयको विनयी फोटोग्राफी-फोटो फिचर
अ+ अ-

काठमाडौंं । फोटो देखिएको दृश्य मात्र होइन । खिचिएको, नखिचिएको फोटोभित्रै लुकेका हुन्छन् कयौँ अदृश्य भावनाहरू । जसलाई क्यामेराको लेन्स र मानिसको मनले राम्ररी छुट्याउन सक्छ । सायद त्यसैले होला हजार शब्दले वर्णन गर्न कठिन हुने भाव एउटा फोटोले स्पष्ट पारिदिन्छ भनेको ।

कतिपय तस्वीरहरु यस्ता हुन्छन् हेर्ने बित्तिकै आहा भाव उत्पन्न हुन्छ । त्यसमा पनि वाइल्डलाइफ फोटोले त झनै प्रकृतिसँगको समिपमा पुर्याउँछ । यही प्रकृतिसँग सामीप्य खोज्दै मुसीकोट नगरपालिका–१ का विनय रावलले वाइल्डलाइफ फोटोग्राफीलाई आफ्नो कर्म बनाएका छन् ।

जंगल जस्तै देखिने पोसाकमा ठूल्ठूला क्यामरा बोकेर उनी विभिन्न राष्ट्रिय निकुञ्जतिर घुमिरहेका भेटिन्छन् । जहाँ उनको भेट हिंस्रक जंगली जनावरसँग हुने गर्दछ । वाइल्डलाइफ फोटोग्राफी भनेको दौडधुपको खेल होइन, बरु यो प्रतीक्षाको कला हो । यस्तै क्षणको पर्खाइमा घण्टाैं कुरिबस्छन् विनय, र  कहिलेकाहीँ एउटै फ्रेमको लागि लामो प्रतीक्षामा बिताउँछन् ।

विनयले खिचेको फोटो हेर्दा लाग्छ उनको लेन्सले बाघको गहिरो नजरलाई भयको रूपमा होइन आत्मविश्वासको प्रतीकका रूपमा प्रस्तुत गर्छ । उनको क्यामेरा लेन्सले पनि त्यही भन्छ । रहरै रहरमा यस क्षेत्रमा लागेका विनयले अहिले आफ्नो भविष्य अब यसैमा देखेका छन् । हाल बर्दिया राष्ट्रिय निकुञ्जमा डुलिरहेका रावलले न्यूजपोलारसँग भने “अब व्यावसायिक रूपमै फोटो खिच्न थालेको छु । सँगसँगै यहाँ आएका पर्यटकलाई वन र वन्यजन्तुका बारेमा पनि जानकारी गराउँछु ।”

उनी भन्छन् “वाइल्डलाइफ फोटोग्राफीका लागि साहस र धैर्य दुवै चाहिन्छ, त्यो अब मसँग छ । यसैकारण पनि मैले आफ्नो रहरलाई धैर्यताका साथ कायम राख्न सकेको छु ।” उनको प्रत्येक फोटोमा एउटा कथा हुन्छ— कहिले संकटग्रस्त प्रजातिको संरक्षणको सन्देश, कहिले मानव र प्रकृतिबीचको नाजुक सन्तुलनको स्मरण ।

पछिल्लो समय मानव र वन्यजन्तु बिचको द्वन्द्व तथा आफैँ शिकार गरेर बाच्ने वन्यजन्तु संकटमा परेको भन्दै विनयले भने ‘प्रकृति सुरक्षित रहे न यहाँ रहेका हामी सबै जीवात्माहरू सुरक्षित हुन्छौँ । यसकारण वन–वातावरणको संरक्षण एकदम जरुरी छ ।’

विनयको अनुभव छ “अहिले वन र वन्यजन्तु देखेर मान्छे डराउने तर मौका पाएपछि मास्न लाग्ने अवस्था छ । तर एकअर्कामा मैत्रीपूर्ण सम्बन्ध जरुरी छ । गर्न खोज्दा यो सम्भव पनि छ । यसका लागि मान्छेमा वन्यजन्तुप्रति प्रेमभाव हुनुपर्यो । यही भावले सबै सम्भव छ ।’ विनयका तस्बिर विनयी छन् । यसले सबैमा विनय भाव राख्छ र भन्छ कि मानव र वन्यजन्तुबीचको सद्भाव विनयशीलताबाटै सम्भव छ ।

वाइल्डलाइफ फोटोग्राफर विनयले वनजंगल भित्रका अनेक जीवजन्तुका सुन्दर तस्बिर खिचेका छन् । तर यहाँ उनले खिचेका बाघको तस्वीरहरु प्रस्तुत गरिएको छः