२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चियाको चुस्की लिँदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी – फोटो फिचर



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेबी भण्डारी शुक्रबार साँझ शंखमुलमा रहेको चियादानीमा पुगेर चियाको चुस्कि लिनुभयो ।

युवा उद्यमीहरुले संञ्चालनमा ल्याएको चियादानी युवा पुस्ताको जमघट हुने गज्जबको थलो बनेको छ । सोही थलोमा पूर्वराष्ट्रपति भण्डारी पुगेर चियाको स्वादसंगै युवाहरूको जोश, सिर्जनात्मक सोचका बारेमा जानकारी लिनुभयो ।

साथै  उपस्थित चिया पारखीहरुको र तीखा प्रश्नहरू र उत्तर सहित अन्तरक्रिया गर्नुभयो ।

चियादानी बाट फर्केपछि उहाँले सामाजिक संञ्जालमा लेख्नुभएको छ

वाह! ‘चियादानी’ मा आजको साँझ ऊर्जा र विचारले भरिपूर्ण रह्यो!

​युवाहरूको जोश, उनीहरूका सिर्जनात्मक सोच र तीखा प्रश्नहरूले कार्यक्रमलाई जीवन्त बनायो। उद्यम र राजनीतिमा भएका सार्थक बहसहरूले हामीलाई थप जिम्मेवार बन्न प्रेरित गरेको छ।

​यति ठूलो संख्यामा उपस्थित भएर हामीलाई साथ दिनुहुने सबैलाई विशेष आभार!

चियादानीका संचालक केपी खनालले भन्नुभयो ‘युवा उद्यमीहरुको प्रोत्साहनको लागी सामान्य चियापसलमा देशको प्रमुख कार्यभार सम्हाल्नुभएका पुर्व राष्ट्रपति आएर देशमै युवा , देशकै चिज प्रयोग गर्न उत्साह गर्नुभएकोमा आभारी छौं ।’