२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय सेना प्रमुखको वक्तव्यबारे सरकारले आफ्नो कूटनीतिक च्यानलमार्फत बुझिरहेको छः परराष्ट्रमन्त्री ज्ञवाली



अ+ अ-

काठमाडौं । भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले दिएको वक्तव्यबारे सरकारले आफ्नो तवरले अध्ययन गरिरहेको जनाएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय सेना प्रमुखको भनाइबारे सरकारले आफ्नो कूटनीतिक च्यानलमार्फत बुझिरहेको बताए । भारतले नेपाली भूभाग अतिक्रमण गरेर सडकसमेत निर्माण गरिसकेको अवस्था रहेकाले त्यस विषयलाई समाधान गर्न नेपालले दुईपक्षीय वार्तामा ध्यान दिएको बताए । भारतका विभिन्न अधिकारीको सार्वजनिक धारणाबारे भने अहिले अध्ययन भइरहेको पनि उनले स्पष्ट पारे । भारतीय सेना प्रमुख नरवणेले शुक्रबार सुरक्षासम्बन्धी एक भिडियो कन्फरेन्समा नेपालले अरू कसैको इसारामा पिथौरागढ–लिपुलेक सडकको विरोध गरेको अभिव्यक्ति दिएका थिए । उनले त्यहाँ कुनै विवाद नरहेको समेत बताएका थिए ।

                                                                               (तस्विरः भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे)
भारतीय सेना प्रमुखबाट आएको पछिल्लो अभिव्यक्तिबारे नेपाली सेनाले पनि आवश्यकताअनुरूप प्रस्ट र जिम्मेवार ढंगबाट विधिसम्मत तथा उपयुक्त मञ्चमा आफ्नो धारणा व्यक्त गर्ने जनाइसकेको छ। भारतीय सेना प्रमुख नेपाली सेनाको पनि मानार्थ हुने हुनाले सेनाको धारणा पनि उपयुक्त देखिएकाले यस विषयमा सेनाले छलफल गरिरहेको अधिकारीहरूले बताए । सत्तारुढ नेकपाका प्रवक्ता एवं पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रबारे भारतीय सेना प्रमुख नरवणेले दिएको अभिव्यक्ति सच्याउन आग्रह गरेका छन् । प्रवक्ता श्रेष्ठले शनिबार ट्वीट गर्दै भारतले दार्चुला र लिपुलेक क्षेत्रमा अवैध रूपमा सडक बनाएको विषयमा नेपालको विरोधमा भारतीय सेना प्रमुख नरवणेले दिएको अभिव्यक्ति आपत्तिजनक भएकाले तत्काल सच्याउन आवश्यक रहेको बताए ।

नेपाली भूमि भारतले दार्चुला र लिपुलेक क्षेत्रमा अवैध रूपमा सडक बनाएको विषयमा नेपालबाट भइरहेको विरोधलाई भारतीय सेना प्रमुखले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको विषय बाहिर कुरा उठे पनि सरकारले यसमा कुनै प्रतिक्रिया दिएको छैन । सार्वभौम र स्वतन्त्र राष्ट्रका रूपमा नेपालले आफ्नै पक्षमा खडा रहेको र नेपालको पक्षमा कसैले उभिन नपर्ने भन्दै श्रेष्ठले सेना प्रमुख नरवणेले आफ्नो अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्ने बताए । अन्नपुर्णपोष्ट दैनिक