८ असार २०८३, सोमबार
,
Latest
कतारको रास लाफानमा विस्फोटः १८ जना बेपत्ता, ५४ जना घाइते समावेशी पक्षमा रास्वपाको जोडः मधेसी समुदाय खुसी तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपा महाधिवेशनमा भोजन तालिकाः बिहान खसीको मासु–भात र बेलुका मिक्स भेज तरकारी नारायणी अस्पतालमा ‘हिमोफिलिया उपचार केन्द्र’ सञ्चालनमा बागलुङकाे तमानखोला गाउँपालिकामा बाझो जमिनमा स्याउखेती इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति काभ्रेपलाञ्चोकमा दुई टिपरमा च्यापिएर युवकको मृत्यु नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने ५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

निकासी प्रवर्द्धन र आयात नियमनका लागि छुट्टा-छुट्टै ऐन चाहिन्छः पूर्वसचिव पाण्डे



अ+ अ-

काठमाडौँ । नेपाल सरकारका पूर्वसचिव शंकर पाण्डेले निकासी प्रवद्र्धन र आयात नियमनका लागि छुट्टा—छुट्टै ऐन चाहिने बताउनुभएको छ ।

शुक्रवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा भएको निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि विषय विज्ञहरूसँग भएको छलफलमा उहाँले निर्यात प्रवद्र्धन र आयात कम गर्नका लागि सरकारले छुट्टा—छुट्टै ऐन ल्याउनुपर्नेमा जोड दिनुभयो । पाण्डेले अहिलेको विधेयक, २०१३ सालकै वरपर रहेर ल्याइएकाले यो ठिक नभएको बताउनु भयो । उहाँकाअनुसार अहिले धेरै प्रविधिको विकास भएको र सेवाहरु समेत निर्यात गर्न सकिरहेको अवस्थामा पुरानो ऐन हुवहु जस्तै विधेयक बनाएर ल्याइनु गलत भएको बताउनु भयो ।

उहाँले निकासीलाई जोड नदिइ मुलुक समृद्ध बन्न नसक्ने बताउँदै त्यसका लागि आयातमा मात्रै निर्भर हुन नहुने बताउनु भयो । सचिव पाण्डेले भन्नुभयो–‘अर्थ मन्त्रालयलाई राजस्व संकलन गर्न जति सक्दो धेरै आयात ग¥यो भने राजश्व उठ्छ । त्यसबाट भ्याट संकलन हुन्छ । त्यसैबाट राजश्व वृद्धि हुन्छ । त्यसकारण हामी आयातमुखी बढी भयौं । अब ऐनहरु दुई वटा छुट्टाछुट्टै हुनुपर्छ । अब निकासी प्रवद्र्धन ऐन हुनुप¥यो, आयात नियमन ऐन हुनुप¥यो ।’

उहाँकाअनुसार निकासी प्रवद्र्धन ऐन बनाएर निकासी गर्नसक्ने उद्योगहरुलाई कसरी सुविधा दिन सकिन्छ, त्यसबारे सोच्नुपर्छ । निकासी प्रवद्र्धन ऐन निकासी गर्नसक्ने उद्योगहरुलाई आकर्षित गर्ने खालको हुनुपर्छ । विदेशी प्रविधि ऐनले निकासीका लागि सुविधाहरु दिन नसकेको उहाँको भनाइ छ । निकासी गर्नका लागि हस्तकला व्यवसायीहरुले अहिले बनाइरहेका आइटमहरु सोचेअनुसार निकासी हुुन नसकेको बताउँदै त्यस्ता वस्तु निकासीका लागि सरकारले ऐनमार्फत बाटो खुलाइदिनुपर्ने उहाँको भनाई छ । अहिले नेपालमा आयात गरिरहेका धेरै वस्तुहरुमाथि नियमनको खाँचो भएकाले त्यसका लागि आयात नियमन ऐन जरुरी रहेको उहाँको भनाइ रहेको छ ।