काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज बिहान थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहान ७ः१५ मा विज्ञप्ती जारी गर्दै नयाँ संक्रमीतहरुको संख्या खुलाएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परिक्षणमा थप नयाँ १० जना संक्रमित भेटिएका छन् । उनीहरु रौतहट न.पा. फरहदवा–९ निवासी १८, ३२, ३६, ३९, ३९ ४२ र ४८ वर्षिय पुरुषहरु र रौतहट इशनाथ न.पा. –३, ५ निवासी २८, ३०, र ३३ वर्षिय पुरुषहरु छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुुसार अहिले सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबैलाई स्वास्थ्यकर्मिहरुको निगरानिमा राखिएको बताईएको छ ।
यसैगरी नेपालमा कोरोना संक्रमितको कुल संख्या २९१ पुगेको छ ।