४ असार २०८३, बिहीबार
,
Latest
राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित सहकारी क्षेत्रमा कडाई बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यकः मुख्यमन्त्री आचार्य अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापन नियुक्ति गर्दा विस्तृत विवरण अनिवार्य काठमाडौं महानगरको आगामी आवको बजेट २५ अर्ब ८८ करोड, पूर्वाधार विकासलाई उच्च प्राथमिकता (पूर्णपाठ) औद्योगिक क्षेत्रको महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न उद्योग परिसङ्घकाे आग्रह शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेः मन्त्री चौधरी श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन हस्पिटलको अनुगमन: एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध… कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज फेरि थपिए १० नयाँ कोरोना संक्रमित, जम्मा संख्या २९१ पुग्यो



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज बिहान थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहान ७ः१५ मा विज्ञप्ती जारी गर्दै नयाँ संक्रमीतहरुको संख्या खुलाएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परिक्षणमा थप नयाँ १० जना संक्रमित भेटिएका छन् । उनीहरु रौतहट न.पा. फरहदवा–९  निवासी १८, ३२, ३६, ३९, ३९ ४२ र ४८ वर्षिय पुरुषहरु र रौतहट इशनाथ न.पा. –३, ५ निवासी २८, ३०, र ३३ वर्षिय पुरुषहरु छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुुसार अहिले सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबैलाई स्वास्थ्यकर्मिहरुको निगरानिमा राखिएको बताईएको छ ।
यसैगरी नेपालमा कोरोना संक्रमितको कुल संख्या २९१ पुगेको छ ।  




भर्खरै