२ पुष २०८२, बुधबार
,
Latest
सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन माछा मार्न गएका एक पुरुष मृत फेला सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण नेपाल अफगानिस्तानसँग पराजित किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय नागरिकको आक्रमण रोक्न सीमामा हवाई फायर



अ+ अ-

झापा । भारतीय नागरिकले फेरि पनि नेपालको सीमा क्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मीको अस्थायी पोस्टमा शनिबार राति आक्रमण प्रयास गरेका छन्। झापाको दक्षिणी सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गरेका छन् । शनिबार साँझ ८ बजेको समयमा नेपाल भारत सीमामा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीको टोली माथि करिब २ सयको संख्यामा आएका भारतीयले आक्रमणको प्रयास गर्न खोजेपछि सशस्त्र प्रहरी प्रतिकारमा हवाई फायर गरेका हुन् ।

कचनकवल १ घेराबारीस्थित १२५ र १० नम्बरको सीमा पिलर नजिकै रहेका सशस्त्र प्रहरीलाई भारतीय नागरिकले आक्रमण गर्ने प्रयास गरेपछि एक राउन्ड हवाई फायर गरेको सशस्त्र प्रहरी बल २ नम्बर गण हेडक्वार्टर झापाका प्रमुख रेशम कुमार थाक्सुले जानकारी दिए। हवाई फायर गरेपछि भारतीय भागेका  थिए।

आक्रमणको विषयमा भारतीय एसएसबीसँग आइतबार छलफल गर्ने थाक्सुले बताए । नेपालतर्फको जमिनमा भारतीयले लगाएको खेती पाकेकाले गर्दा उक्त खेती उठाउन पाऊँ भन्दै भारतीयहरुले सीमा क्षेत्रमा बसेका नेपाली सुरक्षाकर्मी माथी पटकपटक आक्रमणको प्रयास गर्दै आएका छन् । 

शनिबार रातिको पनि खेतीकै कारण हुन सक्ने थाक्सुले बताए। योभन्दा केही दिन अघि झापा गाउँपालिका ४ स्थित सुकुमबासी बस्ती नजिक रहेको १३१ नम्बर सीमा पिलरमा नजिकै सयौँको संख्यामा आएका भारतीयलाई नेपाल छिर्नबाट रोक्नका लागि सशस्त्र प्रहरीले दुई राउन्ड हवाई फायर गर्न बाध्य भएको थियो। त्यसको भोलिपल्ट भारतीय एसएसबीको छलफलपश्चात भारतीयहरूले माफी मागेका थिए । अन्नपुर्णपोष्ट दैनिक